. विशेषज्ञ र एमबीबीएस डाक्टरसहितको स्वास्थ्य सेवा मदन भण्डारी अस्पतालमा::Online News
कात्तिक ८, २०७८ सोमबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ असार ५ गते , शनिबार

विशेषज्ञ र एमबीबीएस डाक्टरसहितको स्वास्थ्य सेवा मदन भण्डारी अस्पतालमा


उर्लाबारी / उर्लावारी-३ मंगलबारेमा रहेको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा विशेषज्ञ चिकित्सकहरुको सेवा सुरु हुन थालेकाे छ । अस्पतालमा हाल ५ जना विशेषज्ञ डाक्टरहरुले सेवा दिइरहेका छन् ।

अस्पतालमा हाल एनेस्थेसियालोजिस्ट डाक्टर दिव्य खनाल, वरिष्ठ अर्थोपेडिक सर्जन डा. केशवमणि गौतम , वरिष्ठ अर्थोपेडिक सर्जन डा. रवि साह,वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर सुनिल अधिकारी र एमडीजीपी डा. मोनिका कठायतले सेवा दिइरहेको अस्पताल प्रशासनले जनाएको छ ।

पूर्वी मोरङमा सबैभन्दा धेरै पूर्णाकालीन वरिष्ठ चिकित्सहरु रहेको यो नै एक मात्र अस्पताल हो । यस्तै तीन जना एमबीबीएस डाक्टरहरुले पनि पूर्णकालीन सेवा दिइरहेका छन् । हाल अस्पतालमा डा .सुरेश साह, डा. दिपिका सुवेदी र डा. सन्ध्या महर्जनले विशेषज्ञ सेवा दिइरहेका अस्पतालका निमित्त मेसु डाक्टर दिव्य खनालले जानकारी दिएका छन् ।

यसअघि दिइंदै आएको सेवामा थप सुविधा उपलब्ध हुने उनले जनाएका छन् । यसअघि हातको सर्जरी मात्रै हुने गरेकोमा अबदेखि खुट्टा सम्बन्धीका सर्जरीहरु पनि मंगलबारे मै उपलब्ध हुने डाक्टर खनालले जानकारी दिएका छन् ।

वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर मंगलबारेमै उपलब्ध हुन थालेपछि महँगो मूल्य तिरेर निजी अस्पताल तथा क्लिनकहरुमा सेवा लिन जानुपर्ने झन्झटबाट पनि स्थानीयवासी मुक्त भएका छन् ।

अस्पतालमा हाल जनरल सर्जनको अभाव भने छ । जनरल सर्जनको सेवा उपलब्ध भएसँगै अस्पतालमा हर्निया तथा एपेन्डिसाइट्सका सेवाहरु पनि चाँडै सुरु हुने बताइएको छ ।

प्रदेश सरकार मातहत रहेको यो अस्पतालको हालसम्म दरबन्दी स्वीकृत भने भइसकेको छैन । प्रदेश सरकारले ओएनएम गरेर चाँडै नै स्वीकृत दरबन्दी निकाल्नुपर्ने स्थानीयले बताएका छन् ।

सुनसरीको इटहरी पारी र झापाको दमक पारी क्षेत्रका अस्पतालहरुमध्ये सबैभन्दा धेरै स्वास्थ्यकर्मी र पूर्णकालीन दरबन्दी भएर काम गर्ने विशेषज्ञ चिकित्सकहरुको संख्या मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा मात्रै छ ।

अस्पतालमा नयाँ आएका विशेषज्ञ चिकित्सकहरुलाई एक कार्यक्रमकाबीच अस्पताल विकस समितिका अध्यक्ष नरेश पोखरेलले स्वागत गर्दै सेवा प्रभावकारी बनाउन आग्रह गरेका छन् ।
(राष्ट्रिय समाचारपत्र दैनिक बाट )


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

५३ किलो गाँजा सहित एक जना पक्राउ

प्रकाशित मिती : २०७८ कात्तिक ८ गते , सोमबार

बस दुर्घटनामा दुई जनाको ज्यान गएको छ ,६३ घाइते

प्रकाशित मिती : २०७८ कात्तिक ८ गते , सोमबार

ह्दयविदारक तस्बिरहरुमा एउटा साहाराविहीन सानो बाँदरको बच्चा

प्रकाशित मिती : २०७८ कात्तिक ८ गते , सोमबार

पहिरोले मुहान बिगारेपछि खानेपानीको हाहाकार

प्रकाशित मिती : २०७८ कात्तिक ७ गते , आइतबार

स्कुटी दुर्घटनाबाट चालकको मृत्यु

प्रकाशित मिती : २०७८ कात्तिक ६ गते , शनिबार

साताको लोकप्रिय

नेपाललाई अष्ट्रेलियाले ७० लाख डलर दिने

प्रकाशित मिती : २०७८ जेठ १५ गते , शनिबार

एन्टिजोन प्रबिधिबाट अब २ हजारमै कोरोना भए नभएको पुष्टि गरिने

प्रकाशित मिती : २०७७ भाद्र २८ गते , आइतबार

भोजपुरको प्रहरी चैकिमै फैलियो कोरोना

प्रकाशित मिती : २०७७ भाद्र ३१ गते , बुधबार

प्रभु बैंकले कोरोना प्रभावितलाई ५ प्रतिशतमा कर्जा दिने

प्रकाशित मिती : २०७७ अषोज ६ गते , मंगलबार

सिफारिस

संखुवासभामा यात्रुबाहक बस दुर्घटना १५ जना भन्दा बढी घाइते

प्रकाशित मिती : २०७७ चैत्र २० गते , शुक्रबार

खोटाङमा एकै दिन ३ जना संक्रमीत को मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १८ गते , मंगलबार

गरिबलाई निशुक्क बिजुलि दिने तयारी – मन्त्री भुसाल

प्रकाशित मिती : २०७८ श्रावण ११ गते , सोमबार

भोजपुरमा कोरोना संक्रमणका कारण एक जनाको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १ गते , शनिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: