. व्यावसायिक रुपमा तितेपाती खेतिको सुरुवात::Online News
कात्तिक ८, २०७८ सोमबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ जेठ ३१ गते , सोमबार

व्यावसायिक रुपमा तितेपाती खेतिको सुरुवात


भोजपुरमा पहिलो पटक भुवादार जापानि तितेपातिको व्यावसायिक खेतीको सुरुवात गरिएको छ । थोरै लगानिमा आम्दानी लिन सकिने तथा प्रयोगबिहीन खेतिलाइ सदुपयोग गर्ने लक्षका साथ यसको खेती सुरुवात गरिएको छ ।

भोजपुरको पुर्बी अरुण गाउँपालिका -४ चरम्बिका २ युवा मिलेर तितेपातिको व्यावसायिक खेती सुरु गरेका हुन । छोटो समयमा उत्पादन हुने तथा विभिन्न जडिबुटीका लागि बजार माग समेत राम्रो भएकाले खेतिको सुरुवात गरिएको उनिहरुको भनाइ छ । उनिहरुले संखुवासभा बाट बिरुवा ल्याएर करिब २ रोपनी क्षेत्रफलमा करिब ८ हजार बिरुवा तितेपातिको खेती सुरु गरेका हुन । अहिले सानो क्षेत्रफलमा परिक्षणको रुपमा गरिएको राज्यको तर्फबाट आवश्यक आर्थिक तथा प्राबिधिक सहयोग भएमा थप ६० रोपनी क्षेत्रफलमा बिस्तार गर्ने योजना रहेको कृषक झिलबहादुर राईले जानकारी दिए । तितेपातिलाइ १५-२० दिनमा संकलन गर्न सकिने कृषकराइले बताए ।

कच्चापदार्थको रुपमा यस्को सुकेको पात डाठ प्रतिकेजी रु ५० मा बिक्रि हुने उनको भनाइ छ । कृषक राईले भने, “हामिले करिब ९ महिना देखि व्यावसायिक खेती सुरु गरेका छौं ,कच्चापदार्थ प्रतिकेजी रु ५०-६० सम्म बिक्री हुन्छ । ´´ डिभिजन बन कार्यलय भोजपुर जिल्लामा यसको लागि आवश्यक प्रक्रिया अगाडि बढाएको छ । बादर लगाएत अन्य बन्यजन्तु कारण स्थानीय बसाई सर्दा धेरै जमिन बाझिदै गएकाले तितेपाती खेतिलाइ बिस्तार गर्न सके स्थानीय बासिको आर्थिक बिकाशम टेवा पुग्ने कार्यलयको भनाइ छ ।

डिबिजन बन कार्यलय भोजपुरका प्रमुख बिष्णुलाल घिमिरेले भने,“दुई युवाले ब्याबसायिक तितेपाती खेती थाल्नु भएको रहेछ ,आज हामिले यसको अनुगमन गरेका छौं , अब यसको उत्पादन तथा बजारिकरण हेरे पश्चात् अन्य ठाउँमा पनि पकेट क्षेत्र बनाएर बिस्तार गर्ने योजना छ।

बादर लगाएत अन्य बन्यजन्तुको कारण जमिन खेरा गएको अबस्थामा तितेपाती बैकल्पिक खेती हुन सक्ने स्थानीय बासी आसाबादी देखिएका छन । जिल्लामा पहिलो पटक यसको खेती भएकोले आफुपनी यश खेतिमा लाग्ने तयारीमा रहेको स्थानीय इन्द्रबहादुर कार्किले बताए ।

धेरैमनिस सुबिधा सम्पन्न स्थानहरुमा बसाईसरि जादाखेरी खेतीयोग्य जमिन बाझिदै गएकोले यसको बिस्तारमा सयोग गर्ने वडा अध्यक्ष प्रेम कुमार राइले बताए । नमुनाको रुपमा खेती सुरु भएकाले यसको उत्पादन तथा बजार हेरेर कृषकलाई प्रोत्साहन समेत गर्ने वडा अध्यक्ष राइले बताए ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

५३ किलो गाँजा सहित एक जना पक्राउ

प्रकाशित मिती : २०७८ कात्तिक ८ गते , सोमबार

बस दुर्घटनामा दुई जनाको ज्यान गएको छ ,६३ घाइते

प्रकाशित मिती : २०७८ कात्तिक ८ गते , सोमबार

ह्दयविदारक तस्बिरहरुमा एउटा साहाराविहीन सानो बाँदरको बच्चा

प्रकाशित मिती : २०७८ कात्तिक ८ गते , सोमबार

पहिरोले मुहान बिगारेपछि खानेपानीको हाहाकार

प्रकाशित मिती : २०७८ कात्तिक ७ गते , आइतबार

स्कुटी दुर्घटनाबाट चालकको मृत्यु

प्रकाशित मिती : २०७८ कात्तिक ६ गते , शनिबार

साताको लोकप्रिय

आज संक्रमण दर भन्दा संक्रमण मुक्त हुनेको संख्या बढी

प्रकाशित मिती : २०७८ जेठ १३ गते , बिहिबार

सरकारले अब लकडाउन न गरि स्वयंसेवक युवा परिचालन गर्दै

प्रकाशित मिती : २०७७ अषोज ४ गते , आइतबार

div class="fb-page" data-href="https://m.facebook.com/Siddhakali20/" data-tabs="timeline" data-width="" data-height="" data-small-header="false" data-adapt-container-width="true" data-hide-cover="false" data-show-facepile="true">Siddhakali media

झापामा करेन्ट लागेर एक जनाको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ २२ गते , शनिबार

भोजपुरका स्थानियतह हरु जुटे कोभिड अस्पताल निर्माणमा

प्रकाशित मिती : २०७७ अषोज २८ गते , बुधबार

सिफारिस

पाँच महिनादेखि बन्द पशुपतिनाथ मन्दिर खोल्ने तयारी सुरु

प्रकाशित मिती : २०७८ भाद्र १८ गते , शुक्रबार

हाम्रो टिम

सम्पर्क

Follow us at: