. ५ लाख भन्दा बढि नगद सहित सरसामानहरु चोरी गर्ने २ जना पक्राउ::Online News
अषोज १, २०७८ शुक्रबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ असार ६ गते , आइतबार

५ लाख भन्दा बढि नगद सहित सरसामानहरु चोरी गर्ने २ जना पक्राउ


मोरङ, असार-६ गते । मोरङको विराटनगर महानगरपालिका अन्तर्गत विभिन्न स्थानहरूमा चोरी गर्ने २ जनालाई पक्राउ गरी आज सार्बजनिक गरिएको छ । पक्राउ पर्नेमा विराटनगर ११ का २९ बर्षीय संजय भन्ने अंगत चौधरी र विराटनगर ६ का ३१ बर्षीय सन्तोष दास रहेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङबाट बिशेष प्रहरी परिचालन गरी उनिहरुलाई आफ्नै घरबाट पक्राउ गरिएको हो ।

पक्राउ परेका दासको साथबाट ५५ हजार ७ सय ५० नगद र चौधरीको कोठाबाट कोनिका कम्पनीको टिभि थान-१, कानमा लगाउने झुम्का थान-३, LCD टिभि थान-१, मोवाईल थान-२, फलामे कराई थान-१, फलामे औजार थान-४, चाँदीको सिक्री थान-१ र नेपाली नगद रू ५ लाख ८ हजार ७ सय ३ सहित पक्राउ गरेको हो ।

प्रहरीले थप अनुसन्धान गर्ने क्रममा गत जेष्ठ ९ गते विराटनगर ११ का बिनोद कुमार नुनियाले संचालन गरेको महाविर इलेकट्रिक पसलमा भेन्टिलेशन फुटाई नगद रु. ६५ हजार, गत जेष्ठ ११ गते विराटनगर १५ बैंकरोड का समिर लामाको wineart पसलमा राती झ्याल फुटाई नगद रु. ८९ हाजर १ सय ४५ र २ वाट मोवाईल, त्यसै गरी गत जेष्ठ १६ गते विराटनगर ९ महेन्द्र चौक स्थित अनिस रिजालले संचालन गरेको Next terms education visa serves ढोका फुटाई धाराको टुटी ७ थान र गत जेष्ठ १५ गते विराटनगर ९ रामजानकी पथका बिरेन्द्र कुमार मण्डलले संचालन गरेको आभुषण ज्वेलर्स सुनचाँदी पसलबाट पछाडी छतबाट पसलमा प्रवेश गरी सुन २४ ग्राम, चाँदीको पुजाको भाडा ३५० ग्राम, नगद रु. १७ हजार र ग्याँस सिलिण्डर थान १ चोरी गरेको खुलेको छ ।

पक्राउ परेका द्धय चौधरी र दासलाई चोरी कसूरमा थप अनुसन्धान कार्य भई रहेको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

भोजपुरमा संसद बिगटन विरुद्ध महिलासंघको प्रदर्शन

प्रकाशित मिती : २०७७ फागुण ९ गते , आइतबार

सिफारिस

नेपालमा आज थप १६१४ जना कोरोना संक्रमीत थप २३ जनाको मृत्यु

प्रकाशित मिती : २०७७ मंसिर ११ गते , बिहिबार

नेपाल र भारत आज भिड्दै , कस्ले मार्ला त बाजी ??

प्रकाशित मिती : २०७८ भाद्र १७ गते , बिहिबार

भोजपुरका बिजय थ्री स्टार क्लबमा अनुबन्धित

प्रकाशित मिती : २०७८ श्रावण ८ गते , शुक्रबार

सुनसरीका अग्रज पत्रकारको कोरोना संक्रमणका कारण मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

हाम्रो टिम

सम्पर्क

Follow us at: