. अनुसंधान कार्यलय खोटाङमा कार्यरत हवल्दारको हत्या::Online News
माघ ६, २०७८ बिहिबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ असार २७ गते , आइतबार

अनुसंधान कार्यलय खोटाङमा कार्यरत हवल्दारको हत्या


बिराटनगरमा सोहदर भाइले धारिलो हतियार प्रयोग गरि दाइको हत्या गरेका छन ।

बिराटनगर नगरपालिका -५ पृथ्वी चोकका ३१ बर्षिय काले भनिने साजन सिंहले पारिबारिक बिबादमा दाजु ४२ बर्षिय भोला सिंहको हत्या गरेका हुन ।

भोला राष्टिय अनुसंधान कार्यरत खोटाङमा कार्यरत हवल्दार हुन । मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसिका अनुसार लागू औषधको दुर्ब्यसनमा फसिसकेका साजनले मादक पदार्थ सेवन गरेर दाजुको हत्या गरेको प्रारम्भिक अनुसंधान बाट खुलेको बताए । उनका अनुसार पारिबारिक बिबादलाइ लिएर राती १०:३० बजे तिर साजनले दाजु माथी धारिलो हतियार प्रहार गरेको पाइएको छ ।

गम्भिर घाइते अबस्थाका भोलालाई तत्काल प्रहरीले उद्वार गरेर उपचारका लागि बिराटनगरको नर्सिङ होम अस्पताल पुर्‍याइएको थियो । तर,अस्पताल पुर्‍याउन साथ राती ११ बजे तिर चिकित्सकले मृत घोषणा गरिदिएको प्रहरीले जनाएको छ ।

हतियार बाट भोलाको घाटिको दायाँ भाग टाउको देब्रे हातको पातामा गहिरो चोट लागेको जिसिले बताए । दाजुको हत्यामा सम्लग्न साजनलाइ प्रहरीले पक्राउ गरिसकेको छ ।

पक्राउ परेका बेला उनी रक्सीको नसामा लठ्ठ परेको प्रहरीले जनाएको छ । दाजु सङ्गको झगडामा सामान्य घाइते भएका उनलाइ पनि उपचारका लागि नर्सिङ होममै भर्ना गरिएको थियो । उनी आफै घाइते अबस्थामा रहेको घटनाका बारेमा धेरै कुरा खुल्न बाकी रहेको प्रहरीले जनाएको छ ।

राष्टिय अनुसन्धान कार्यलय खोटाङका सुचक भोला एक महिनाको तालिम सकेर केही दिन अगाडि बिदा लिएर उनी घर बिदामा गएका थिए । दाजुको हत्यामा सम्लग्न साजन विरुद्ध कर्तव्य ज्यान मुद्वा चलाउने प्रहरीको तयारी छ ।रासस


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

साताको लोकप्रिय

संखुवासभामा अपांग पुरुषको हत्या गरि फरार

प्रकाशित मिती : २०७८ असार ३१ गते , बिहिबार

किन गरे स्थानीयले बिर्तामोड नगरपालिका तालाबन्दी ?

प्रकाशित मिती : २०७८ श्रावण १६ गते , शनिबार

खोटाङ बाट भरुवा बन्दुक र १५ केजि गाँजा सहित २ जना पक्राउ

प्रकाशित मिती : २०७८ भाद्र ७ गते , सोमबार

खोटाङमा घाँस काट्ने क्रममा भिर बाट लाडेर एक जनाको मृत्यु

प्रकाशित मिती : २०७८ भाद्र १२ गते , शनिबार

सिफारिस

धरानमा बन्दाकर्ता र मजदुर बिच झडप

प्रकाशित मिती : २०७७ माघ २२ गते , बिहिबार

इटहरीमा करेन्ट लागेर एकजनाको मृत्यु

प्रकाशित मिती : २०७७ चैत्र २५ गते , बुधबार

अहिले सम्म कोशी ब्यारेजको १२ ढोका खुल्ला

प्रकाशित मिती : २०७८ असार २ गते , बुधबार

सिङ्गो गाउँनै जोखिममा दुई दर्जनभन्दा बढी घर भत्कियो

प्रकाशित मिती : २०७७ अषोज ११ गते , आइतबार

वामदेव ओलि,प्रचण्ड र नेपाल लाइ मिलाउन धमाधम गोप्य बार्तामा

प्रकाशित मिती : २०७७ चैत्र २ गते , सोमबार

हाम्रो टिम

सम्पर्क

Follow us at: