. चुलाचुली माबीको नयाँ भवन निर्माण तथा प्राबिधिक धार अन्तरगतको बाली बिज्ञान बिषयको अध्ययन शुरु::Online News
माघ ६, २०७८ बिहिबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ असार २४ गते , बिहिबार

चुलाचुली माबीको नयाँ भवन निर्माण तथा प्राबिधिक धार अन्तरगतको बाली बिज्ञान बिषयको अध्ययन शुरु


धनकुटाको छरथर जोरपाटी गाउँपालिकाको चुलाचुली माध्यमिक बिध्यालयमा शैक्षिक स्तर सुधारका लागि नयाँ भवन निर्माण तथा प्राबिधिक धार अन्तर बाली बिज्ञान बिषयको अध्ययन सुरु गरिएको छ ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगत गाउँपालिकाको चुलाचुली माध्यामिक बिध्यालयमा २ तले ४ वटा कोठा भवन निर्माण गरिएको प्रध्यानध्यापक धर्मराज थाक्लेङले बताउनु भयो । यो भवन नेकपा एमाले धनकुटाका अध्यक्ष एवंम प्रतिनिधि सभा राजेन्द्र कुमार राइको पहलमा आर्थिक बर्ष २०७८/८९ बजेट बाट ६२ लाखमा निर्माण गरिएको उहाँको भनाइ छ । भवन निर्माण पछि भवन अभावको समस्या समाधान हुनुका साथै पठनपाठनमा सहज भएको बताउनु भयो ।

नयाँ भवनका लागि ग्रील बाट बनाइएको छिमेकी लघुबित्त सस्था र बिद्यालयको साझेदारीमा ४० लाख ९४ हजार बराबरको डेक्स बेन्च ४० जोर खरिद गरिएको बिध्यालयले जनाएको छ । यसै बर्ष कक्षा -९ देखि प्राबिधिक धार अन्तरगत बाली बिज्ञान बिषयको पढाइ ब्यबथा गरिएको थाक्लेङले बताउनु भयो ।

अहिले बाली बिज्ञान बिषयको भर्ना आबेदन खुल्ला गरिएको जानकारी दिनु भएको छ । अहिले सम्म गाउँपालिका भित्रका २२ जना विद्यार्थीले आबेदन फारम भरिसकिएको बिद्यालयले जनाएको छ । बिद्यालयमा गत साल ५८१ भन्दा बढी बिद्यार्थी अध्ययन गरिरहेकोमा यश बर्ष देखि प्राबिधिक शिक्षा थप गरिएका कारण विद्यार्थी बढ्न सक्ने अनुमान गरिएको बिद्यालयले जनाएको छ ।

बिद्यालयमा अहिले कक्षा १२ सम्म पढाइ हुँदै आएको छ । यस्तै गरि गाउँपालिकाको विभिन्न वडामा अहिले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगत अपाङ्ग मैत्री शौचालय निर्माण ,बाल उधानको ब्यबस्था ,बिध्तालयको भवन स्तर उन्नति तथा पुन निर्माण सम्बन्धि काम भइरहेको गाउँपालिका अध्यक्ष शेर बहादुर लिम्बुले बताउनु भयो । धनकुटा खबर


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

साताको लोकप्रिय

पर्यटकको आकर्षक केन्द्र बन्दै च्याङ्ग्रे पोखरी

प्रकाशित मिती : २०७८ जेठ १७ गते , सोमबार

धनकुटामा ९१ बर्षकी वृद्धाको कोरोना संक्रमण बाट मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १३ गते , बिहिबार

सिफारिस

शुक्रबार भोजपुरको कोरोना अपडेट

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

सवारी दुर्घटनामा १ को मृत्यु

प्रकाशित मिती : २०७७ कात्तिक १२ गते , बुधबार

आयल निगमलाई १५ दिनमै २ अर्ब २२ करोड घाटा

प्रकाशित मिती : २०७८ कात्तिक १ गते , सोमबार

हाम्रो टिम

सम्पर्क

Follow us at: