. ज्वाइलाई छोरो बनाएर किर्ते नागरिकता दिलाएको आरोपमा वडा अध्यक्ष पक्राउ::Online News
अषोज १, २०७८ शुक्रबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ असार २१ गते , सोमबार

ज्वाइलाई छोरो बनाएर किर्ते नागरिकता दिलाएको आरोपमा वडा अध्यक्ष पक्राउ


छोरी ज्वाइँ लाई छोरो बनाएर किर्ते नागरिकता दिलाएको आरोपमा दाङका वडा अध्यक्ष सहित तीन जना पक्राउ परेका छन ।

पक्राउ पर्नेमा राजपुर गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष भिमबहादुर खडका सोही वडाका भिम बहादुर कामी र उनकी छोरी सुसिला बिक रहेकी छिन । उनिहरु तिनै जनालाई आइतबार प्रहरीले नियन्त्रणमा लिइ कारबाही अगाडि बढाइएको इलाका प्रशासन कार्यलय लहमिका प्रमुख प्रेम बदादुर खबासले जानकारी दिए ।

स्थानीयले किर्ते नागरिकता बारे उजुरी गरे पछि अनुसन्धान गर्दा भिमबहादुर कामिले छोरी ज्वाइँ अर्जुन बिकलाइ दिवंगत छोरो लिला राम बिकको नाम बाट नागरिकता दिलाएको खुलाएको खबासले जानकारी दिए । २०७५ साल असोज ४ गते इलाका प्रशासन कार्यलय लहमी बाट जारी भएको नागरिकतामा खबासकै हस्ताक्षर छ ।

`कागज पत्र हेर्दा संका गर्ने ठाँउ कतै देखिदैन ´,खवासले भने,स्थानीयले ३ दिन अगाडि उजुरी उजुरी गरे पछि बुझदै जादा त ज्वाइलाइ छोरो भनेर नागरिकता दिलाउन सिफारिस गरेको पाइयो । यसरी नागरिकता लिए पछि अर्जुन र शुसिला श्रीमान र श्रीमती भए पानी दाजु बहिनी बनेको पाइएको छ ।

यो काममा भिम बहादुरकि छोरी शुसिला मुख्री मतियारको रुपमा सम्लग्न भएको पाइएको खबासले बताए । नागरिकता सिफारिस गरेको वडा अध्यक्ष खड्कालाइ नियन्त्रणमा लिइएको र उनले गल्ती स्विकार गरेको बताए ।

किर्ते नागरिकतामा लिलाराम नाम राखेको अर्जुन बिक हाल वैदेशिक रोजगारीको क्रममा साउदीमा रहेको भनेर शुसिलाले बताएको उनले जानकारी दिए । शुसिलाले चितवन घर भएका अर्जुन सङ्ग बिबाह गरे पनि घरलो ठेगना थाहा नभएको बयान दिएकी छिन ।

चितवन प्रशासन सङ्ग पनि समन्वय गर्दै नागरिकता खारेजको प्रक्रियाको लागि घोराही स्थित जिल्ला प्रशासन कार्यलयमा पठाइएको इलाका प्रशासन कार्यलय लहमिका प्रमुख खवासले जानकारी दिए । पालिका सन्देश


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण

प्रकाशित मिती : २०७८ जेठ १५ गते , शनिबार

असोज दोश्रो साता देखि आन्तरिकतर्फको उडान खोल्ने तयारि

प्रकाशित मिती : २०७७ भाद्र २९ गते , सोमबार

एक करोड माथिको खानेपानीको योजना सप्पन्न

प्रकाशित मिती : २०७७ भाद्र ३१ गते , बुधबार

बिध्यालय शिक्षाका लागि आकस्मिक नयाँ अबधारणा

प्रकाशित मिती : २०७७ अषोज ७ गते , बुधबार

भोजपुर कसरी खुकुरीको लागि प्रसिद्ध जिल्ला भयो ? पूरा पढनुहाेस

प्रकाशित मिती : २०७७ अषोज २३ गते , शुक्रबार

सिफारिस

नेपाललाई अष्ट्रेलियाले ७० लाख डलर दिने

प्रकाशित मिती : २०७८ जेठ १५ गते , शनिबार

एमालेका नेता नवराज संकरको कोरोना को कारण निधन

प्रकाशित मिती : २०७८ जेठ २ गते , आइतबार

नेपाल टेलिकमको फोनमा समस्या

प्रकाशित मिती : २०७८ भाद्र १८ गते , शुक्रबार

संखुवासभा बाट इटहरी जाँदै गरेको बोलेरो धनकुटामा दुर्घटना

प्रकाशित मिती : २०७८ बैसाख १२ गते , आइतबार

हाम्रो टिम

सम्पर्क

Follow us at: