. भोजपुरका व्यावसायिक : भन्छन उत्साहजनक ब्यापार छैन::Online News
अषोज १, २०७८ शुक्रबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ असार २२ गते , मंगलबार

भोजपुरका व्यावसायिक : भन्छन उत्साहजनक ब्यापार छैन


असार २२ भोजपुर । भोजपुरमा निषेधाज्ञालाई खुकुलो बनाएर मध्यान्ह १२ बजे पसल खुल्न दिएको ५ दिन बिति सक्दा पनि । यो अबधिमा प्राय सबै पसल १२ बजे सम्म खुल्ला हुने गरेका छन ।

डाँडागाउ च्याङमिनी चोकमा कपडाको ब्यबसाय सञ्चालन गर्दै आएका शिवम स्टोरका सञ्चालक अजय कुमार गुप्ता १२ बजे सम्म पसल खुले पनि संतोषजनक ब्यापार नभएको बताउछन । दिनमा २-४ जना फाट्टफुट्ट आउने गरेता पनि व्यापार राम्रो नभएको बताउँछन । यस्तै कपडा र बच्चाहरुको लागि पुस्तक किन्न आएका पौवादुङ्म्मा गाउँपालिका तिलाहरका दिनेश पाण्डेले भने ,” लकडाउनको कारण जनजिबन कष्टकर भयो । बिहान पैसाको अभाव दिउँसो खुल्ने बैंकिङ कारोबारमा आलोपालो गर्दा गर्दै पसल बन्द हुन्छ ,त्यही कामको लागि २ दिन हिड्नु पर्ने अबस्था भएको बताउछन ।

यस्तै गिता सप्लाएर्स बाट कस्मेटिक ,किराना ,फेन्सी ग्यास सिलिन्डर बिक्रि गर्दै आएकी गिता श्रेष्ठको पनि उस्तै भनाई छ । लकडाउनले ब्यबसाय पनि लथालिङ्ग भयो । गाउँ गाउँमा बढी जाने गरेको ग्यास पनि नगएको बताउँछिन । निषेधाज्ञाको समय मा प्रयाप्त सवारी साधन नचल्ने ,गाउँगाउको कच्ची बाटोमा कुड्ने त्यही ट्याक्टर थियो ,त्यही पनि बर्षाको समय खोलानाला र पहिरोले गर्दा सवारीको अभावले उत्साहजनक नभएको बताउछिन ।

यस्तै पाचघरे टोल स्थित अस्पताल गेट छेउमा तारा होटल सञ्चालन गर्दै आएकी निराकुमारी श्रेष्ठको पनि उस्तै समस्या छ । जिल्ला अस्पतालले कोभिडको कारण अति आवस्यक बाहेकका सामान्य बिरामीलाई चेकजाँच नगर्दा बाहिर बाट आउने मानिस रोकिएको कारण आफ्नो ब्यबसाय उत्साहजनक नभएको बताउछिन ।

पसल हरु खुल्ला भए पछि भिडभाड बढेको कारण थप जोखिम बढेको भन्दै पुर्ण रुपमा स्वास्थ मापदण्ड पालना गर्न स्वास्थ कार्यलयलेसमेत आग्रह गरेका छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

आमनागरिकमा दिइन थालियो कोरोना विरुद्धको भ्याक्सिन

प्रकाशित मिती : २०७७ भाद्र २७ गते , शनिबार

आफ्नै बाबु द्वरा धाकधम्की दिई यौन दुव्र्यवहार

प्रकाशित मिती : २०७८ जेठ १९ गते , बुधबार

मकालु बेस क्याम्प घुम्न गएका एक युवकको मृत्यु

प्रकाशित मिती : २०७७ अषोज १८ गते , आइतबार

सिफारिस

कोरोना भाइरसको रहस्यमय उत्पत्ति

प्रकाशित मिती : २०७८ जेठ १३ गते , बिहिबार

विचौलियामा संलग्न थप १० जना पक्राउ

प्रकाशित मिती : २०७८ भाद्र १० गते , बिहिबार

प्रदेश १ का मन्त्रीहरुले कात्रोमा पनि भष्टचार गरेको आरोप

प्रकाशित मिती : २०७८ असार ६ गते , आइतबार

हाम्रो टिम

सम्पर्क

Follow us at: