. भोजपुरको आम्तेकमा फैलियो कोरोना एक साताका लागि वडा सिल::Online News
अषोज १, २०७८ शुक्रबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ श्रावण ७ गते , बिहिबार

भोजपुरको आम्तेकमा फैलियो कोरोना एक साताका लागि वडा सिल


भोजपुर श्रावण ७ । भोजपुर जिल्लामा लगाइएको निषेधाज्ञा सकिए सङ्गै गाउँ गाउँमा संक्रमण दर बढ्न थालेको छ । पछिल्लो समय कोरोना संक्रमण दिनानुदिन बढ्दै गएकोले भोजपुर नगरपालिका -११ आम्तेक वडा शिल गरिएको छ ।

स्वास्थमा इमर्जेन्सी बाहेकका सम्पुर्ण सेवाका साथै वडाबाट दिइने सेवा सुबिधा सात दिनको लागि बन्द गरिएको वडा अध्यक्ष अशोक राइले सिद्धकाली डटकमलाई जानकारी दिनु भयो । वडा अध्यक्ष राईका अनुसार अस्ति एण्टिजोन बिधि बाट २ जनाको परिक्षण गर्दा २ जनाकै रिपोर्ट पोजेटिभ आए पछी वडा बन्द गरिएको हो ,यस्तै आज ७ जनाको परिक्षण गर्दा ४ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

आम्तेकको तल्लो भेगमा खेतीको काममा ब्यस्त रहने समयमा किसान हरु महामारीले थलिएर घरमै बसेका छन । अधिकासं मानिसहरु कोरोना सङ्ग मिल्दोजुल्दो लक्ष्ाण भएकाहरु बिना परिक्षण खुलेआम घुम्ने गरेका छन । आफ्नै लापरबाहीका कारण कोरोना फैलन थालेको छ । टोल टोलमा एण्टिजोन विधि बाट परिक्षण गर्ने गरेता पनि कतिपय चेकजाँचनै नगरी बाहिर मेडिकलको औषधि सेवन गर्ने गरेको पाइन्छ ।

कोरोना संक्रमण बढ्दै गहिरहेकाले वडा बासिलाई सुरक्षीत राख्न बाध्य भएर वडा सिल गरिएको बताउदै अध्यक्ष राईले सबैलाई अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन आग्रह समेत गर्नु भएको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

हालसम्म ८ सय १३ जना पत्रकार कोरोना संक्रमित

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

सुरक्षाकर्मिमा बढ्दो कोरना संक्रमण

प्रकाशित मिती : २०७७ भाद्र २४ गते , बुधबार

उप-मेयरको सवारी खनारमा दुर्घटना

प्रकाशित मिती : २०७७ कात्तिक २० गते , बिहिबार

सिफारिस

एक बिश्वबिध्यालले बेच्यो ३६ हजार नक्कली डिग्री

प्रकाशित मिती : २०७७ माघ २० गते , मंगलबार

भोजपुर जिल्ला अस्पतालमा ब्लड बैंक स्थापना हुने भएको छ

प्रकाशित मिती : २०७८ जेठ २६ गते , बुधबार

भोजपुरमा ३ जनामा कोरोना पुष्टि भए संगै १ हप्ता लकडाउन

प्रकाशित मिती : २०७७ भाद्र २५ गते , बिहिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: