. भोजपुरमा बर्षेधान उत्पादनमा कमि किसानहरू चिन्ताजनक::Online News
माघ ६, २०७८ बिहिबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ असार २९ गते , मंगलबार

भोजपुरमा बर्षेधान उत्पादनमा कमि किसानहरू चिन्ताजनक


भोजपुरको भोजपुर नगरपालिका -११ मा आम्तेकको तल्लो भाग जिल्लाको मुख्य धान उत्पादन हुने क्षेत्र मध्य एक हो । सिचाइको सुबिधा भएको यो ठाउमा बर्षमा २ चोटि धान बाली भित्राउने गरेका छन ।

धान बालिलाई मुख्य बालिका रुपमा खेती गर्दै आएका किसानहरु यति बेला ( तौलिधान ) अर्थात बर्षे धान भित्राउनमा ब्यस्त छन । बर्ष भरिकालागी धानको जोहोमा जुटेका किसानहरु यो बर्ष भने उत्साहजनक देखिदैनन । अपेक्षा अनुरुप धान उत्पादन नहुदा किसान हरु चिन्तित देखिछन । धान ४५ देखि ५० प्रतिशत घटेको बताउँछन स्थानिय कृषक रामकुमार भुजेल ।

“अघिल्लो बर्षमा त्यही खेतमा १३ मुरि सम्म धान फलाउथै ” उनले भने,यश बर्ष त झण्डै आधा धान घटेको छ । लगाएको लगानी पनि उठेन । अझ बर्ष भरिका लागि ठेक्कामा लिएको खेत धान त उत्पादन घटेर साहुलाई दिन समेत समस्या भएको छ ।

जिल्लाको अधिकास स्थान भोजपुर नगरपालिकाको आम्तेकको तल्लो भेग,टक्सार,पैयापानी ,बास्तिम,च्याङ्रे पुछार ,औलिया लगाएतका भुभागमा लगाइएको धान खेतिमा डडुवा,गबारो ,राते,लाईकिरा लगाएको रोगको समस्या देखिएको छ । भोजपुर नगरपालिका १२ का कृषक लालबहादुर कार्की धान उत्पादनमा कमि आए पछि बर्ष भरी कसरी छाक टार्ने चिन्ताजनक भएको बताउँछन् । खेती किसानी बाट जिबिको पार्जन गर्दै आएका अर्का किसान दुर्गा पराजुली वर्षा भरिलाई पुग्ने चामल यहि खेत बाट जोहो गर्थे । तर,मल समयमै पाए पनि धानखेतिमा लागेको रोग पहिचान र समयमै बिषादी नपाउदा धान उत्पादनमा कमि भएको बताएको ।

धानको बाला लाग्ने समयमा धानको बोट मर्ने कतिपय बोटनै छोटो भएको बाल साना हुनुका साथै धान ७० प्रतिशत पाक्दा बाकी ३० प्रतिशत हरियोनै भएकोले धान उत्पादनमा कमि आएको कृषि ज्ञान केन्द्रका सुचना अधिकारी बिश्वास अगाईले जानकारी दिनु भयो ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

साताको लोकप्रिय

भोजपुरमा खेतबारीमा काम गर्ने बेलामा महामारीले थलिए किसान

प्रकाशित मिती : २०७८ असार ३ गते , बिहिबार

खोटाङमा रुख बाट लडेर १ जनाको मृत्यु

प्रकाशित मिती : २०७८ असार १० गते , बिहिबार

भोजपुरमा ५३ जनाको परिक्षण गर्दा १८ जनामा संक्रमण पुष्टि

प्रकाशित मिती : २०७८ असार २२ गते , मंगलबार

कक्षा १२ को परिक्षा मिति तोकियो रुटिङ सहित

प्रकाशित मिती : २०७८ श्रावण ५ गते , मंगलबार

सिफारिस

स्मार्ट लकडाउन के हो ? एक पटक पढ्नै पर्ने

प्रकाशित मिती : २०७८ असार ६ गते , आइतबार

भोजपुरमा ५३ जनाको परिक्षण गर्दा १८ जनामा संक्रमण पुष्टि

प्रकाशित मिती : २०७८ असार २२ गते , मंगलबार

भोजपुरमा ९ जनामा कोरोना संक्रमण पुष्टि पालिका अपडेट सहित

प्रकाशित मिती : २०७८ असार १८ गते , शुक्रबार

स्कुटी दुर्घटनाबाट चालकको मृत्यु

प्रकाशित मिती : २०७८ कात्तिक ६ गते , शनिबार

एका बिहाननै भुकम्प को ठूलो धक्का मानिसहरु त्रासित

प्रकाशित मिती : २०७७ भाद्र ३१ गते , बुधबार

हाम्रो टिम

सम्पर्क

Follow us at: