. हतियार देखाएर लुटपाट गर्ने भोजपुर १ जना सहित पुरै गिरोह पक्राउ::Online News
अषोज १, २०७८ शुक्रबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ श्रावण १४ गते , बिहिबार

हतियार देखाएर लुटपाट गर्ने भोजपुर १ जना सहित पुरै गिरोह पक्राउ


मिति २०७८/०४/०१गते अन्दाजी १:१३ बजे जिल्ला मोरङ सुन्दरहरैचा नगरपालिका वडा न,१० त्रिबेणि चोक स्थितमा रहेको ऎ.बस्ने खगेन्द्र थापाले संचालित गरेको नव पङ्चाएक ज्वेलर्समा हतियार सहित मोटरसाइकलमा आएका समूहले हतियार देखाई गर्ने असफल प्रयास पश्चात् फरार रहेकोमा घटनामा सलग्न अभियुक्तहरुलाई जिल्ला प्रहरी कार्यलय मोरङ बाट प्रहरी नायब उपरीक्षक ,इलाका प्रहरी कार्यलय बेलबारी र प्रदेश नम्बर १ प्रहरी कार्यलय RIT समुह बाट खटिएको प्रहरी टोलिले श्राबण १३ गते निम्न ब्याक्ती हरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा संखुवासभाको सभापोखरी -४ घर भइ हाल तरहरामा बस्ने बर्ष ३९ का चन्द बहादुर राई ,सोहि जिल्ला बार्‍हबिसे गाउँ पालिका वडा नम्बर ६ घर भइ हाल तरहरा बस्ने बर्ष ३० का चिरञ्जीवी राई ,सुनसरी गढी गाउँपालिका वडा न १ बस्ने बर्ष ४५ का प्रमोद चौधरी सोही ठाउका बर्ष ३३ का आशिष् चौधरी ,मोरङ सुन्दरहरैचा नगरपालिका वडा नम्बर ५ का बर्ष २२ का मिसन राई, सोही पालिकाका वडा नम्बर ७ का बर्ष ३१ का सन्तोष राई र भोजपुर पौवादुङ्गमा गाउँपालिका -३ घर भइ तरहरा बस्ने बर्ष ३० का नगेन्द्र राई रहेका छन ।

उनिहरु ७ जना बाट बरामद गरिएको हतियार हरु SMG एक थान ए को म्याग्जिन १ थान गोलि राउन्ड ६२automatic पेस्तोल एक थान ए को म्याग्जिन १ थान गोलि राउन्ड -२ ,कटुवा पेस्तोल १ थान,३०३ राइफलको राउन्ड -४ थान ,MPR लेखेको सञ्चार सेट २ थान फेला पारेको मोरङ प्रहरीले जानकारी दिएको छ ।

उनिहरुले योजना बनाएर पछिल्लो पटक श्रावण १ गते मोरङको सुन्दर हरैचा नगरपालिका १० बिराट्चोक स्थित त्रीबेणी टोलको एउटा सुनचाँदी पसल दिउसै लुटपाट लुटपाट गर्ने प्रयास गरेका थिए । तर त्यो प्रयास असफल भएको हो । खगेन्द्र थापाले सञ्चालन गरेको शिव पञ्चायत ज्वेलर्समा लुटपाटको प्रयास गरेका थिए ।

साथै निज अभियुत्त हरुलाई सम्मानित मोरङ जिल्ला अदालत बाट ज्यान मार्ने उद्योग ,डाका उद्योग र हात हतियार तथा खर खजना मुद्वामा ५ दिन म्याद थप गरि थप अनुसंधान भइ रहेको मोरङ प्रहरीले जनाएको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

शुक्रबार भोजपुरको कोरोना अपडेट

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

भोजपुरमा ३ जनामा कोरोना पुष्टि भए संगै १ हप्ता लकडाउन

प्रकाशित मिती : २०७७ भाद्र २५ गते , बिहिबार

बाबुको किरिया गर्न बसेका एक दाम्पतिको आगलागीमा परि मृत्यु

प्रकाशित मिती : २०७८ जेठ २१ गते , शुक्रबार

सिफारिस

भोजपुरका एक युवक मलेसियामा मृत् फेला

प्रकाशित मिती : २०७८ श्रावण १६ गते , शनिबार

बन्चरोले हानेर आफ्नै श्रीमतीको हत्या

प्रकाशित मिती : २०७७ माघ २५ गते , आइतबार

हाम्रो टिम

सम्पर्क

Follow us at: