. अल्मुताइरीले व्यावसायिक आचरण र बानीव्यहोरामा सुधार गर्नुपर्ने छानिबन समितिको निष्कर्ष::Online News
अषोज १, २०७८ शुक्रबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ भाद्र ९ गते , बुधबार

अल्मुताइरीले व्यावसायिक आचरण र बानीव्यहोरामा सुधार गर्नुपर्ने छानिबन समितिको निष्कर्ष


राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष पंकजविक्रम नेम्वाङबीचको विवाद समाधानका लागि गठित छानविन समितिले बुधबार (आज) राष्ट्रिय खेलकुद परिषद (राखेप)लाई प्रतिवेदन बुझाएको छ।

१४ दिन लामो छानविन गरी समितिले ११ बुँदे निष्कर्षसहितको प्रतिवेदन राखेपका सदस्य सचिव रमेशकुमार सिलवाललाई बुझाएको हो।

समितिकी प्रवक्ता सुवर्ण केशरी श्रेष्ठले ८२ पृष्ठ लामो प्रतिवेदनबाट निस्केको ११ बुँदे निचोड सार्वजनिक गरेकी हुन्।

समितिले सार्वजनिक गरेको निष्कर्षमा अखिल नेपाल फुटबल संघ, एसियाली फुटबल महासंघ फिफाको नियम अनुसार चल्न नसकेको, आफ्नो समस्या आफै समाधान गर्नु पर्ने तथा प्रशिक्षकले व्यक्तिगत बानी व्यहोरामा सुधार गर्नुपर्ने औल्याइएको छ।

कार्यक्रममा प्रतिवेदन बुझेपछि राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव सिलवालले प्रतिवेदन अध्ययन गरेर एन्फालाई कार्यान्वयन गर्न निर्देशन दिने बताए।

उनले विवाद समाधान गर्न दुबै पक्षसँग छुट्टा छुट्टै पहल भए पनि समाधान हुन नसकेको बताए।छानविन भइरसकेको अवस्थामा परिषदले दिएको निर्देशन एन्फाले अक्षरसः पालना गर्नु पर्ने सदस्य सचिव सिलवालको भनाई छ।

राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलुमताइरीले वरिष्ठ उपाध्यक्षलाई कारण देखाउँदै पदबाट राजीनामा दिने घोषणा पछि एन्फा विवाद बाहिर आएको थियो।जसलाई समाधान गर्न एन्फाले तेस्रो पक्ष युवा तथा खेलकुद मन्त्रालयलाई जिम्मा लगाएको थियो।

सोही अनुसार युवा तथा खेलकुद मन्त्रालयका सचिव केदार न्यौपानेले राष्ट्रिय खेलकुद परिषदलाई छानविन समिति गठन गरेर एक साता भित्र प्रतिविदेन बुझाउन निर्देशन दिएका थिए।

पुरेन्द्र विक्रम लाखेको संयोजकत्वमा बनेको छनोट समितिले १४ दिनमा आज प्रतिवेदन सार्वजनिक गरेको हो।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण

प्रकाशित मिती : २०७८ जेठ १५ गते , शनिबार

असोज दोश्रो साता देखि आन्तरिकतर्फको उडान खोल्ने तयारि

प्रकाशित मिती : २०७७ भाद्र २९ गते , सोमबार

एक करोड माथिको खानेपानीको योजना सप्पन्न

प्रकाशित मिती : २०७७ भाद्र ३१ गते , बुधबार

बिध्यालय शिक्षाका लागि आकस्मिक नयाँ अबधारणा

प्रकाशित मिती : २०७७ अषोज ७ गते , बुधबार

भोजपुर कसरी खुकुरीको लागि प्रसिद्ध जिल्ला भयो ? पूरा पढनुहाेस

प्रकाशित मिती : २०७७ अषोज २३ गते , शुक्रबार

हाम्रो टिम

सम्पर्क

Follow us at: