. झापामा अक्सिजन प्लान्टला लागि आएको ३ करोड रुपैया फ्रीज::Online News
अषोज १, २०७८ शुक्रबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ श्रावण २८ गते , बिहिबार

झापामा अक्सिजन प्लान्टला लागि आएको ३ करोड रुपैया फ्रीज


झापाको भद्रपुर स्थित मेची प्रादेशिक अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाका लागि आएको ३ करोड रकम फ्रीज भएको छ । कोरोना भाइरस संक्रमीत उपचार र अक्सिजन आपूर्तिमा सहजकता ल्याउने उदेश्यले अक्सिजन प्लान्ट स्थापनार्थ अस्पताललाई संघीय सरकारले उपलब्ध गराएको उक्त रकम फ्रीज भएको हो ।

आइसियु,अक्सिजन प्लान्ट ,भेन्टिलेटर स्थापना लगाएका संघीय सरकार बाट आएको नौ करोड मध्य अक्सिजन प्लान्टका लागि आएको रकम फ्रीज भएको अस्पतालका सुचना अधिकारी मनोज पोखरेलले जानकारी दिए । मेची अस्पतालमा संघीय सरकारले १५० सिलिन्डर क्षमताको अक्सिजन प्लान्टका लागि रकम पठाएको थियो ।

“जेठ अन्तिममा रकम आयो “,उनले भने,”१५ दिने म्याद राखेर बोल पत्र आह्वान गर्यौ ,एउटा फर्मले बोलपत्र हाल्यो,त्यसमा पनि काम सप्पन्न गर्न डेढ देखि २ महिना लाग्ने बताए पछि काम गर्न सकिएन । ” यता प्रदेश नम्बर १ सरकारले अस्पताललाई उपलब्ध गराएको ३५ सिलिन्डर क्षमता भएको अक्सिजन प्लान्ट पनि सञ्चालनमा आउन सकेको छैन । अस्पतालमा जडान गरिएको विद्युत ट्रान्समिटर कम क्षमता भएकाले अक्सिजन प्लान्ट सञ्चालनमा आउन नसकेको हो ।

हाल अस्पतालमा ५० केभिए क्षमताको बिद्युत ट्रान्समिटर छ ।अस्पतालको पुरानो र नयाँ सबै भवनमा पुग्ने गरि ३०० केभिएको ट्रान्समिटर जडान गर्न लागिएको सुचना अधिकारी पोखरेलले बताए । नेपाल चिकित्सक संघले दिने भनिएको ११० क्षमताको अक्सिजन प्लान्ट एक महिना भित्र सञ्चालनमा आउने र प्रदेश सरकारले उपलब्ध गराएको ३५ गरि १४५ सिलिन्डर क्षमताको अक्सिजन प्लान्ट चाडै सञ्चालनमा आउने उनले बताए । रासस


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

शैक्षिक प्रमाणपत्र धितो राखी सरकारले ऋण दिने भएको छ

प्रकाशित मिती : २०७८ जेठ १५ गते , शनिबार

प्रदेश १ को सम्पुर्ण कोरोना सम्बन्धि विवरण

प्रकाशित मिती : २०७७ भाद्र २७ गते , शनिबार

सिफारिस

बन्चरोले हानेर आफ्नै श्रीमतीको हत्या

प्रकाशित मिती : २०७७ माघ २५ गते , आइतबार

कालापानी, लिपुलेक र लिम्पियाधुरामा पनि जनगणना गरिने

प्रकाशित मिती : २०७८ भाद्र २४ गते , बिहिबार

भोजपुरमा सञ्चालन भएको भलिबल खेलमा दाँवाली टिम प्रथम

प्रकाशित मिती : २०७८ बैसाख २ गते , बिहिबार

आफ्नै बाबु द्वरा धाकधम्की दिई यौन दुव्र्यवहार

प्रकाशित मिती : २०७८ जेठ १९ गते , बुधबार

७९ बर्षका बृद्वको हत्या गरिएको ठाउमा २ कुकुर परिचालन

प्रकाशित मिती : २०७८ जेठ ३० गते , आइतबार

हाम्रो टिम

सम्पर्क

Follow us at: