. प्रहरी जवान पदको परिक्षामा भोजपुरका ३ जना सहित ६ जना नक्कली परिक्षार्थि पक्राउ::Online News
अषोज १, २०७८ शुक्रबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ श्रावण २० गते , बुधबार

प्रहरी जवान पदको परिक्षामा भोजपुरका ३ जना सहित ६ जना नक्कली परिक्षार्थि पक्राउ


प्रदेश १ को प्रहरी तालिम केन्द्र रानी बिराटनगरमा भएको परिक्षामा सहभागी नक्कली परिक्षार्थी सहित ६ जना पक्राउ परेका छन ।

पक्राउ पर्नेमा भोजपुर पौवादुङ्गमा गाउँपालिका -६ का २३ बर्षिय सुमन राई,१९ बर्षिय सागर राई र २२ बर्षे सङ्गम राई रहेका छन । यस्तै धनकुटा सागुरगढी गाउँपालिका -८ का १९ बर्षिय सरोज राई,२७ बर्षिय राजकुमार राई र वडा ३ का २१ बर्षिय खपाङ राई रहेका छन । पक्राउ परेका युवाहरुले प्रहरी जवान पदमा भर्ना गराइदिने भन्दै रकम उठाएको प्रारम्भिक अनुसंधानका क्रममा खुलेको छ ।

जिल्ला प्रहरी कार्यलय मोरङका डिएसपी एवम प्रभक्ता दिपक श्रेष्ठका अनुसार पौवादुङ्गमाका सुर्यराइले सङ्गम राईलाइ प्रहरीमा भर्ना गराइदिन्छु भनेर १ लाख १८ हजार,सागर राईबाट १ लाख १८ हजार र सागुरगढिका सरोज राईबाट २ लाख रुपैयाँ लिएको खुलेको छ ।

उनिहरुलाइ शिक्षा एन २०२८ को दफा १७ को १(क) बमोजिम परीक्षा सम्बन्धि कसुरमा कारबाही प्रक्रिया अगाडि बढाइएको डिएसपी श्रेष्ठले जानकारी दिए । जिल्ला प्रशासन कार्यलय बाट ५ दिन म्याद थप गरि अनुसंधान भइरहेको पनि प्रहरीले जनाएको छ ।

डिएसपी श्रेष्ठक अनुसार पक्राउ परेका मध्य सुर्यराई आफै परिक्षार्थी बनेर परिक्षामा सहभागी भएका थिए भने,पक्राउ परेका राजकुमार राई चाजोपाजो मिलाउने ब्याक्ती हुन । अन्य ४ जना भने परिक्षार्थी भएको डिएसपी श्रेष्ठले जानकारी दिए । `सुर्यले भर्ना गराउछु भनेर पैसा पनि असुलेको रहेछ ,उनले एउटाको नाममा परिक्षादिएको भेटियो´,डिएसपी श्रेष्ठले भने,` राजकुमार चाहिँ भने चाजोपाजो मिलाउने हो ,अरु चार जना परिक्षार्थि हो ।´ रासस


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

शैक्षिक प्रमाणपत्र धितो राखी सरकारले ऋण दिने भएको छ

प्रकाशित मिती : २०७८ जेठ १५ गते , शनिबार

प्रदेश १ को सम्पुर्ण कोरोना सम्बन्धि विवरण

प्रकाशित मिती : २०७७ भाद्र २७ गते , शनिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: