. भोजपुरमा घर सङ्गै जलेर मृत्यु भएका मृतकका परिवारलाई युवा क्लब द्वारा आर्थिक सहयोग::Online News
माघ ६, २०७८ बिहिबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ श्रावण ३१ गते , आइतबार

भोजपुरमा घर सङ्गै जलेर मृत्यु भएका मृतकका परिवारलाई युवा क्लब द्वारा आर्थिक सहयोग


भोजपुरको पुर्बी अरुण गाउँपालिका १ याङपाङको गहिरिछाप र गहतेको बिचमा एकान्त ठाउमा घर सङ्गै जलेर मृत्यु भएका स्व. कृष्ण मुरारी दाहालको परिवारलाई चम्पे सिस्नेरी युवा क्लबले आर्थिक सहयोग गरेको छ ।

यहि श्रावण २२ गते शुक्रवार राती साढे ७ बजे घरमा अचानक लागेको आगोमा परि ६४ बर्षे वृद्धको घर सङ्गै शरीर नष्ट भएको थियो । घरमा भएको अन्नपात,लत्ताकपडा लगाएत घरभित्रका अन्य सामान सहित करि ७ लाखको धनको क्षति र १ ज्यान समेत क्षति भएको याङपाङका वडा अध्यक्ष नगेन्द्र खत्रीले जानकारी दिनुभयो ।

आर्थिक हिसाबले पिछडिएका बिप्पन परिवारलाई चम्पे सिस्नेरी युवा क्लबले आर्थिक सहयोग गर्दै आएको छ ।गाउँघरमा सस्कृती जोगाउन मौलिक पराम्परा गत झल्काउने साङ्गितिक क्षेत्र,सनाई फुक्ने ,लाखेनाच जस्ता परामपरा जोगाउन समाबेश भएका ३ जना ब्याक्तीलाई समेत सम्मानका साथमा सयोग गरेको थियो ,चम्पेमा एक अपाङ्ग सार्की लाटो नामले परिचित ब्याक्तीलाई यश अघि सहयोग गरेको छ ।

सहयोग गर्न मार्गदर्शन दिने इन्द्रपुलामी मगर, अध्यक्ष नवीन श्रेष्ठ ,उपाध्यक्ष यलोन श्रेष्ठ ,सचिब पुष्कर रैका मगर ,उपसचिव राजन आले ,कोषाध्यक्ष मनोज श्रेष्ठ ,सहकोषाआध्यक्ष निर्मल श्रेष्ठको टोलिले मृतक दाहालको परिवारलाई रु ८०५० रुपैयाँ सहयोग गरेको युवा क्लबका कृयाशिल सदस्य अमर श्रेष्ठले सिद्धकाली डट कम लाई जानकारि दिए ।

श्रेष्ठले सिद्वकाली डटकम सङ्ग कुरा गर्दै भने,” हामी देश तथा बिदेशमा छरिएर बसेका क्लबका सदस्य हरुले दिन दुखी, गरिब ,असाय,पीडित क्षेत्रका ब्याक्तिलाई सहयोग गर्न पाउँदा गर्व लाग्छ ,हामिले खाजा खादा जोगाएको १,२ पैसा जम्मा गरि सहयोग गर्दा कोहि पीडितलाई राहत मिल्छ भने हामी यस्ता हरप्रकारका बास्तबिक पीडितलाई सधै तयार गर्न तप्पर छौ।” यस्तै चम्पे माबी मा कक्षा ११ र १२ सञ्चालन गर्नका लागि समेत युवा क्लबले आर्थिक सहयोग गरेको समेत जानकारी दिए । मृतकका परिवारलाई जिल्ला प्रशासन कार्यलय भोजपुरले एक त्रीपाल सहित नगद २० हजार समेत सहयोग गरेको छ । घटना के कारणले घटेको हो प्रहरीले अनुसंधान गरिरहे पनि खासै सकृय नदेखिएको स्थानिय बासिले गुनासो पोखेका छन ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

साताको लोकप्रिय

आम माफी भयो आउनुहोस् पाटी एकता गरौ :ओलि

प्रकाशित मिती : २०७८ श्रावण ८ गते , शुक्रबार

गाउँपालिकाका लेखापालले अध्यक्ष माथी मुक्का प्रहार

प्रकाशित मिती : २०७८ श्रावण २५ गते , सोमबार

बिचौलियामा संम्लग्न २ जना पक्राउ

प्रकाशित मिती : २०७८ भाद्र ५ गते , शनिबार

मानसिक सन्तुलन गुमाएकी तीन दिनकी सुत्केरी र शिशुको उद्धार

प्रकाशित मिती : २०७८ भाद्र १६ गते , बुधबार

सिफारिस

शौचालय जाने क्रममा भिर बाट लडेर एक युवकको मृत्यु

प्रकाशित मिती : २०७७ चैत्र ९ गते , सोमबार

रोकि राखेको मोटरसाइकल जलाउने दुई जना पक्राउ

प्रकाशित मिती : २०७८ असार १० गते , बिहिबार

आइतबार भोजपुरमा थप २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

प्रकाशित मिती : २०७८ असार १३ गते , आइतबार

हाम्रो टिम

सम्पर्क

Follow us at: