. सन्दीप लामिछानेले हुरिकेन्सबाटै बिग बास लिग खेल्ने::Online News
अषोज ६, २०७८ बुधबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ भाद्र १० गते , बिहिबार

सन्दीप लामिछानेले हुरिकेन्सबाटै बिग बास लिग खेल्ने


नेपाली राष्ट्रिय टिमका लेगस्पीनर सन्दीप लामिछानेले होबार्ट हुरिकेन्सबाटै नयाँ सिजनको अस्ट्रेलियन बिग बास लिग बीबीएल खेल्ने पक्का भएको छ। होबार्टले बिहीबार नयाँ सिजनका लागि सन्दीपलाई पुनः अनुबन्ध गरिएको जानकारी दिएको हो। गत सिजन सन्दीपले होबार्टबाटै खेलेका थिए। उनले ८ खेलमा ८ विकेट लिएका थिए।

सन्दीपले त्यसअघि बिग बासमा मेलबर्न स्टार्सबाट खेलेका थिए। सन्दीपले अष्ट्रेलिया गएर होबार्टबाट खेल्न आफू तयार रहेको बताएका छन्। क्रिक इन्फोसाग कुरा गर्दै उनले गत सिजन होबार्टबाट खेल्दा आफूले निकै मज्जा लिएको र यस सिजन पूरै प्रतियोगिता खेल्न उत्साहित रहेको बताएका छन्।

बिग बासको नयाा सिजन आगामी डिसेम्बर ५ देखि २०२२ को जनवरी २८ सम्म हुनेछ। सन्दीपले गत सिजनको बिग बास लिग खेलेपछि कुनै फ्रेन्चाइज लिग खेलेका छैनन्। उनले भिसा समस्याका कारण टी–२० भाइटालिटी ब्लास्ट र दी हन्ड्रेड लिग गुमाएका थिए।

विश्वकप लिग–२ त्रिकोणात्मक सिरिज खेल्न हाल नेपाली राष्ट्रिय टिमसँग सन्दीप ओमानमा छन्।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

धनकुटामा रुख काट्ने क्रममा रुखले किचेर एक जनाको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ ११ गते , मंगलबार

भोजपुरमा कोरोना संक्रमणका कारण एक जनाको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १ गते , शनिबार

सिफारिस

महिलाको घाँटी रेटि हत्या गरेको अबस्थामा शब फेला

प्रकाशित मिती : २०७८ जेठ ५ गते , बुधबार

भोजपुरमा आज थप २३ जना कोरोना संक्रमण पुष्टि

प्रकाशित मिती : २०७८ श्रावण २६ गते , मंगलबार

भोजपुरमा जबर्जस्ति करणी गरि फरार रहेका २ ब्याक्ती पक्राउ

प्रकाशित मिती : २०७८ श्रावण ५ गते , मंगलबार

आज नेपालमा थप १५ जनाको मृत्यु ८९९ जना कोरोना संक्रमीत

प्रकाशित मिती : २०७७ मंसिर २७ गते , शनिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: