. सवारीचालक अनुमतिपत्र ‘लाइसेन्स’का लागि परीक्षा सुरु हुँदै::Online News
अषोज १, २०७८ शुक्रबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ भाद्र ११ गते , शुक्रबार

सवारीचालक अनुमतिपत्र ‘लाइसेन्स’का लागि परीक्षा सुरु हुँदै


कोरोना भाइरस महामारीका कारण स्थगित गरिएको सवारी चालक अनुमति पत्र ‘लाइसेन्स’ को लिखित तथा प्रयोगात्मक ‘ट्रायल’ परीक्षा सञ्चालन गर्ने तयारी यातायात व्यवस्था विभागले अघि बढाएको छ।

विभागले लाइसेन्सका लागि परीक्षा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड तयार पारेर त्यसैअनुरूप परीक्षा सञ्चालन गर्नका लागि देशभरिका यातायात कार्यालयहरूलाई पत्राचार गरेको छ।

विभागका सूचना अधिकारी लोकनाथ भुसालले आवेदन दिएकाहरूले अबको १० देखि १५ दिनमा परीक्षा दिन पाउने जानकारी दिएका छन्। उनले भनेका छन्,‘पछिल्लो परिस्थिति हेर्दा हामी ुन्यू नर्मलुमा बाँच्नुपर्ने स्थिति आयो। त्यसैले स्वास्थ्य सुरक्षाका मापदण्ड स्वीकृत गरेर सबै यातायात कार्यालयहरूलाई यथाशीघ्र परीक्षा सुरु गर्न र त्यसको सात दिनअघि नै सूचना जारी गर्न बिहूवार पत्राचार गरेका छौँ।’

पछिल्लो पटक काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा सरकारले प्रतिबन्धात्मक व्यवस्थाहरू लागु गरेका कारण गत वैशाख १६ गतेबाट लाइसेन्स प्राप्त गर्नका लागि सञ्चालन गरिने परीक्षा हुन पाएको छैन। त्यस बेलादेखि नै नयाँ आवेदन भर्न पनि बन्द गरिएको थियो।

अहिले लगभग छ लाख जनाले लाइसेन्स प्राप्त गर्नका लागि परीक्षा दिने प्रक्रियामै रहेको भुसालले जानकारी दिए। देशभरिका २१ वटा यातायात कार्यालयबाट छ लाखको परीक्षा सञ्चालन गर्नका लागि चारदेखि पाँच महिना लाग्न सक्ने विभागको अनुमान छ। झन्डै छ लाखको परीक्षा सञ्चालन गर्नुपर्ने अवस्थामा विभागले नयाँ आवेदन भने तत्काल लिने सम्भावना कम रहेको अधिकारीहरू बताउँछन्।

उक्त सङ्ख्याको आधाजसोले परीक्षा दिइसकेपछि नयाँ आवेदन खुलाउन सकिने भुसालको भनाइ छ। लामो समयदेखि प्रतीक्षारत सर्वसाधारणहरूले परीक्षा दिन पाए पनि तत्काल स्मार्ट लाइसेन्स प्राप्त गरिहाल्ने अवस्था भने देखिँदैन। विभागले लगभग सात लाख सेवाग्राहीलाई स्मार्ट लाइसेन्स दिन नसकिएको जनाएको छ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

खोटाङमा एकै दिन ३ जना संक्रमीत को मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १८ गते , मंगलबार

भारतमा सबै भन्दा बढी महाराष्ट प्रदेश प्रभावित

प्रकाशित मिती : २०७७ भाद्र २६ गते , शुक्रबार

ट्याक्टरले किच्दा चालकको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १९ गते , बुधबार

उपत्यकामा कोरोनाको केन्द्र बिन्दु बन्दै

प्रकाशित मिती : २०७७ अषोज १७ गते , शनिबार

सिफारिस

नेपाल टेलिकमको फोनमा समस्या

प्रकाशित मिती : २०७८ भाद्र १८ गते , शुक्रबार

भोजपुरमा एक घरमा आगलागी ,आगलागी बाट करिब ४० लाख बराबरको क्षति

प्रकाशित मिती : २०७७ फागुण २८ गते , शुक्रबार

संखुवासभामा गाई काटेको आरोपमा ६ जना पक्राउ

प्रकाशित मिती : २०७८ श्रावण १० गते , आइतबार

कोरना भाइरसले ब्राजिललाइ उछिन्दै भारत दोश्रो स्थानमा

प्रकाशित मिती : २०७७ भाद्र २२ गते , सोमबार

हाम्रो टिम

सम्पर्क

Follow us at: