. सिद्धकाली साहित्यको आज अंकमा प्रस्तुत छ,संग्राम किरातिको कबिता घर झगडा::Online News
अषोज १, २०७८ शुक्रबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ भाद्र ११ गते , शुक्रबार

सिद्धकाली साहित्यको आज अंकमा प्रस्तुत छ,संग्राम किरातिको कबिता घर झगडा


सिद्वकाली सहित्यको आजको अंकमा संग्राम किरातिको घर झगडा फुटकर कृति प्रकाशन गरेका छौ । किराँती हाल भोजपुर नगरपालिका -५ बोखिममा रहेर सामाजिक  कार्यमा जुजारु युवा साथै साहित्य क्षेत्रमा समेत फुटकर कृति समेत रचना गर्नु भएको छ ।
                घर झगडा
खै शान्तै देखिन्छ श्रावण
तर किन हो ! रोइरहन्छे वर्षा।
घर झगडा परा होला उनीहरूको ।
पियक्कड थियो रे श्रावण,
भट्टी पसल गर्थिन् रे वर्षा ।
वर्षा साहुनी श्रावण ग्राहक !
लव परेको रे दुवैको ।
विवाह पछि, छिन- छिनमा रिसाउने श्रावण,
पिल- पिले वर्षा ।
कहिले मिलेर, कहिले जुझेर,
बाँचेकै छन् सँगै रुझेर ।
तर आजकाल बोलचाल छैन दुवैको
चुपचाप छ श्रावण,
रोइरहन्छे वर्षा
सायद, घर झगडा परेछ क्यारे !
चुरोट पिउँदै होला श्रावण,
धुवाँ भुइँ भरी छ ।
धुवाँले प्रकाश छल्यो क्यारे !
अँध्यारोमा रक्सी सार्दै होलिन् वर्षा,
प्यालाबाट पोखिएर होला
धर्ती पनि मातेको छ ।
बेहोसी मै हल्ली रहेछ पहाड,
पौडिनै नसक्ने गरी डुबेको छ तराई।
रोइ रहेछ आकाश,
घरि-घरि, रुन्चे हाँसो देखाउँछ
क्षितिज त्यो पनि श्रावणसँग डराई-डराई ।
गर्जिन्छ श्रावण, रोइ दिन्छे वर्षा !
सहन नसकेर पीडा बाबु हुनुको,
चर्किदिन्छ पहाड , आखिर आमा न परि !
रिस थाम्न सक्तिन गङ्गा, उर्लन्छे बेस्सरी !
श्रावण कुर्ले पनि, गङ्गा उर्ले पनि,
पहाड चर्के पनि, वर्षा दर्के पनि,
घर झगडा न हो ।
तर कस्तो खतरनाक घर झगडा !
सारा बस्ती नै बगाइ रहेछ !


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

नो भ्याकसिन, नो कर , नो भोट – ज्ञानेन्द्र शाही

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

दशै अधिनै बिध्यालयले पहिलो त्रैमासिक परीक्षा गर्ने तयारि

प्रकाशित मिती : २०७७ अषोज ५ गते , सोमबार

औषधि व्यावसायि माथी गोलि प्रहार

प्रकाशित मिती : २०७८ जेठ २३ गते , आइतबार

प्रदेश १ को कोरोना सम्बन्धि सम्पुर्ण विवरण

प्रकाशित मिती : २०७७ अषोज ९ गते , शुक्रबार

सवारी दुर्घटनामा १ को मृत्यु

प्रकाशित मिती : २०७७ कात्तिक १२ गते , बुधबार

सिफारिस

खुकुरी प्रहार बाट ६७ बर्षिय वृद्धको मृत्यु ।         

प्रकाशित मिती : २०७८ श्रावण ६ गते , बुधबार

पोर्चुगल माथी जर्मनीको जित

प्रकाशित मिती : २०७८ असार ६ गते , आइतबार

छिमेकीको कुटाइ बाट ६० बर्षिय महेश कुमार खड्काको मृत्युु

प्रकाशित मिती : २०७८ बैसाख २६ गते , आइतबार

हाम्रो टिम

सम्पर्क

Follow us at: