. सिद्वकाली साहित्यको दोश्रो अंकमा प्रस्तुत छ: बाबुराम न्यौपानेको कबिता अक्षरको जुलुस र लघुकथा ऐना::Online News
अषोज १, २०७८ शुक्रबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ श्रावण २९ गते , शुक्रबार

सिद्वकाली साहित्यको दोश्रो अंकमा प्रस्तुत छ: बाबुराम न्यौपानेको कबिता अक्षरको जुलुस र लघुकथा ऐना


सिद्धकाली साहित्यको दोश्रो अंकमा बाबुराम न्यौपाने “उत्स”को कबिता अक्षरको जुलुस र लघु कथा ऐना प्रस्तुत गरेका छौ । आमा अम्बिकादेबी न्यौपाने (घिमिरे) र बाबु स्व. बिष्णुप्रसाद न्यौपाने को कोख बाट बि.स.२०२०/११/२० गते भोजपुर जिल्ला बोखिम (आहालेमा) जन्म भइ हाल दमक नगरपालिका वडा न ९ झापामा बसोबास गरिएरहेका छन ।

शिक्षा : स्नातक तह सम्म अध्यन गरेका न्यौपानेका प्रकाशित किर्तिहरु :
१.भावना बोल्छ पर्दा खोल्छ — कविता संग्रह/वि.सं.२०७३
२.उपहार बन्यो आँसु — खण्डकाव्य/वि.सं.२०७४
३.विभिन्न पत्र पत्रिकाहरुमा : कविता,कथा,लघुकथा,गीत,संस्मरण ,मुक्तक,निबन्ध ,हाइकु,साइनो,कोपिला ,कोसेली आदी र लेखहरु प्रकाशन समेत गरेका छन ।पहिलो कविता प्रकाशित : २०४१ सालमा “जनज्योति साप्ताहिक “बर्ष २ अंक १० , मोरङ रहेको छ ।

५.संलग्नता :
— जीवन स्मृति साहित्य प्रतिष्ठान, दमक/ आजीवन सदस्य
— साहित्य कला सङ्गम, दमक / आजीवन सदस्य
— बोखिम न्यौपाने सेवा प्रतिष्ठान / बरिस्ठ उपाध्यक्ष

सर्जक न्यौपानेले सिद्धकाली डटकमका सञ्चालक दिपेन्द्र लुइँटेल सङ्ग कुरा गर्दै भने ,”म करिब चारदसकदेखि निरन्तर  साहित्य सिर्जनामा संलग्न छु ,साहित्यको परिभाषा जीवन जस्तै बहुआयामिक छ ,साहित्य मानव सभ्यताको शिखर प्रवाहमा कला, जीवन र जगत बोधको चेतनाभित्र शाब्दिक तरङ्गको रुपमा छचल्किन्छ ,साहित्यकार कतै जीवनलाई शब्दमा फुलाउछ, कतै करुणाको आँसुले नुहाउछ,साहित्य भावना, चिन्तन,चेतना, जीवन र जगतको कलात्मक टिपोट गर्छ,अक्षरमा युगको पिरामिड उठाउछ ,युद्ध प्रेम जीवनसंघर्षका कहानीहरुमा रोचकताको रङ्ग पोत्छ, यथार्थको चित्र कोर्छ,आशावादी साहित्यकार निराशाको बस्तीमा आशाको दीप जलाउछ ,साहित्य युगको गीत र चेतनाको संगीत  हो।”

              कविता : अक्षरको जुलुस

जिउँदा लासहरुको शासन
युगको निर्मलधारामा
प्रदूषणको लेदो लिएर बग्छ।

मलाई जिउँदा लासहरुको आदेश
ज्वालामुखीको लाभा जस्तै लाग्छ
ए ! काकाकुल मान्छेहरू !!
जब
अक्षरको क्रान्ति फैलन्छ
फूलहरुले पनि  बलिदान दिनेछन्
प्रलय आउँनेछ संसारमा
अक्षरको जुलुसले
आगो झोस्नेछ – शेैतानको हृदयमा
तोड्नेछ
कठोर तानाशाहको पत्थरको किल्ला ।

अक्षर
मसीको रङ्ग मात्र होइन
अक्षर
जब जुरमुराउँछ
दंभ र अहंकारको सत्ता
खरानीको डंगुर बन्छ
विभेदको पर्वत पग्लिएर
इतिहासको नरककुण्डमा खस्छ।

फूलका डालीडाली चहार्न छोडेर
पुतलीहरु – जुलुसमा हिंड्नेछन्
अन्धकार गुफा
चेतनाको किरणमा जग्मगाउँनेछ
समय
पुनर्जागरणका उज्याला किरणहरुमा
सर्लक्क नुहाउँनेछ।

छली
सुनको भव्य बन्दीगृहको ऐश्वर्यले
पोल्छ – भत्भती पोल्छ
मलाई
पवित्र कुटीको स्वतन्त्रता
जूनको स्पर्श भन्दा
प्यारो र कोमल लाग्छ
सुनाखरी र लालीगुँरास भन्दा – मनमोहक।

स्वतन्त्रताको कोमल पइतालाले
युगयुग
मलाई कुल्चिएर जावस्
जस्का मधुर स्पर्शहरु
मेरो जीवनका सारथि बनुन् ।

अक्षरको जुलुस
युगको नयाँ रेखाचित्र कोर्छ

त्यसकै डोब डोबमा टेकेर
सभ्यताको सुदूरयात्रा छिचोल्छ।

लघुकथा : ऐना

कुलमानले बिहानै एकमेलो पाखोबारी जोतेर सिध्यायो।घरमा गएर खुइय्य……गर्दै सिकुवामा परालको सुकुल माथि थचक्क बस्यो।
तिर्खाले आकुल बनाएको थियो।पत्नी रामप्यारीसँग एकअम्खोरा पानी माग्यो।
कलकल पानी पियो।
पालैपालो आफ्नू र रामप्यारीका हत्केला सुम्सुम्यायो, ज्योतिषीले झै गरी रेखाहरु नियाल्यो।
दुबैका हत्केलामा ठेला उठेर फुटेका दागैदाग र घावैघाउ थिए।

कुलमानका थाकेका निन्याउरा आँखामा मजबुरी र गरीबीका आँसु डब्डबाए।
जुरुक्क उठ्यो ! मूलढोकाको छेउमा काँटीमा  झुण्याएको ऐना हातमा लियो र बारम्बार हेर्यो।
झिनो स्वरमा पत्नीलाई छेउमा बोलायो।
” के भो किन बोलाएको ।” रामप्यारीले सोधिन् ।
” यो ऐनामा त केही देखिदैन त ?”
कुलमानको कुरामा अनौठो मानेर रामप्यारीले उल्टै प्रश्न गरिन्।
” तिमीले ऐनामा के खोजेको र देखेनौ ?”
कुलमान भन्दैथियो ! ” ऐनामा मेरो भाग्य हेरेको रामप्यारी केही देख्दिन त। कि यो ऐनामा ……….।”

त्यतिबेलै कूलमानको  हातबाट चिप्लिएर ऐना भुईमा खस्यो र टुक्राटुक्रा भएर फुट्यो।
रामप्यारीतिर मायालु नजर फ्याक्तै उसले भन्यो।
” हामीसँग ऐना किन्ने पैसा त छ , रामप्यारी।”


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

नो भ्याकसिन, नो कर , नो भोट – ज्ञानेन्द्र शाही

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

दशै अधिनै बिध्यालयले पहिलो त्रैमासिक परीक्षा गर्ने तयारि

प्रकाशित मिती : २०७७ अषोज ५ गते , सोमबार

औषधि व्यावसायि माथी गोलि प्रहार

प्रकाशित मिती : २०७८ जेठ २३ गते , आइतबार

प्रदेश १ को कोरोना सम्बन्धि सम्पुर्ण विवरण

प्रकाशित मिती : २०७७ अषोज ९ गते , शुक्रबार

सवारी दुर्घटनामा १ को मृत्यु

प्रकाशित मिती : २०७७ कात्तिक १२ गते , बुधबार

सिफारिस

एक्कै परिवारका ४६ जना बाबुको क्रिया गर्दै

प्रकाशित मिती : २०७८ श्रावण १९ गते , मंगलबार

बालिका अपहरण गर्ने एक आरोपी जेल चलान

प्रकाशित मिती : २०७८ असार १६ गते , बुधबार

खोटाङ बाट भरुवा बन्दुक र १५ केजि गाँजा सहित २ जना पक्राउ

प्रकाशित मिती : २०७८ भाद्र ७ गते , सोमबार

हाम्रो टिम

सम्पर्क

Follow us at: