. सिद्वकाली साहित्यको पहिलो अंकमा सञ्चार कर्मी ढकालको २ कविता::Online News
अषोज १, २०७८ शुक्रबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ श्रावण २२ गते , शुक्रबार

सिद्वकाली साहित्यको पहिलो अंकमा सञ्चार कर्मी ढकालको २ कविता


पुर्बी पहाडी जिल्ला भोजपुर अरुण गाउँपालिकामा जन्म भएको र हाल बिराटनगरमा बस्दै स्नातक  तह अध्यनका साथसाथै सञ्चार क्षेत्रमा एक होनाहार युवा देश र जनताको लागि निडर,निष्पक्ष ,र खोजमुलक पत्रकारिता गर्दै आएका ढकाल अहिले कोशिअनलाईन  र बि एफएममा कार्यरत  छन ।  उनी  सानै देखि साहित्य क्षेत्रमा रुचि  भएका ढकालले  देशको समसामयिक बिषय  बस्तुलाई मध्यनजर राखि  `सिद्वकाली साहित्य´ को पहिलो अंकमा प्रस्तुत गरेका छौ ढकालका उत्कृष्ट लेख  ।                                                                          सिंहदरवार
रिक्साका चक्का जस्तै
दिनहु घोटिएर
खिईन लागेका रिक्सा चालकका
हातका भाग्य रेखाहरू
गास्नै नमिल्ने गरि बारम्बार चुटिएको
चप्पलको लोती जस्तै
चुटिएका सपनाहरू
हराएका साना साना खुसिहरू
खोज्दा खोज्दै निदाएको रिक्सा चालक
फेरि, उस्तै सपना देख्छ
विहान बेलुका भोक मेट्टाउन
कयौँ पटक अरूलाई पसिना वेचेको
आफ्नो लागि बगाएको पसिनाको
अरूले खिल्लि उडाएको
आफुले धनि, गरिव, सानो, ठुलो
केहि नभनि गन्तव्य सम्म पुर्याउदाँ
उनिहरूले गर्ने व्यवहारको
कहिले भोकै बसेको, कहिले एक छाक खाएको
उसका कुरा खै कसले सुनिदिने
उसको बोलि खै कसले बोलिदिने
उसका समस्या खै कसले बुझिदिने
न त उसको कतै पहुचँ नै छ
न त ठुला सपना नै छन् ।
लुट्नेले उसकै पसिना लुटेका छन
पहुचँ हुनेले जहाँ जसो गरे पनि हुने
भोकको कहरमा रूमलिएको उसले
सजायको भागिदार बन्नुपर्ने
कठै मेरो देश
तिम्रो खिल्लि उडाउनेले उडाउनु उडाएका छन्
तिम्रै पसिना बेचेर महल ठड्याएका छन्
तिम्रो बिसन्चो शरिर
चारै तिरबाट कोतरि रहेका छन्
तर,
तिम्रो बिसन्चो शरिर
बिसेक पार्न
दिनरात नभनि, घाम पानी नभनि
निरन्तर पसिना बगाउने रिक्सा चालक
आज भोकको खडेरिमा रूमलिएको छ
क सम्म लेख्न नजान्ने उसका हातले
कसरि दैनिक गुजारा चलाउँदै होला
गाउँगाउँमा सिंहदरबार आयो भन्ने सुनेको उसले
सिंह आएको महशुस गर्न थालेको छ
भोकको बज्रपातसँगै उसका आखाँमा
मुसलधारे बर्षा शुरू भएको छ
कालो बजारी सुनेको उसले
पसलमा पुग्दा बल्ल थाहा पायो
सामानको मुल्य सगरमाथाको चुचुरो जस्तै
अग्लिएको
५ रूपैँयाको सामान लिन जादाँ
पसलेले १० रूपैँया भनेर रित्तै हात फर्किएको
कुनै बेला सुनेको थियो उसले
कालोबजारी गर्नेलाई कारबाहि हुन्छ भनेर
तर,
उसलाई आज बल्ल थाहा भयो
कालोबजारी गर्नेलाई फुलमालाले पुजिदोँ रहेछ
कारबाही त आफुलाई हुदोँ रहेछ
आफुसँग पाचँ रूपैँयामा मोलमोलाई गर्नेले
कालोबजारी गर्ने कै महिमा गाएको देख्दा
स्तब्ध भएको उ
खै कसरि भन्न सक्छ
गाउँगाउँमा सिंहदरबार आएको छ

२. शीर्षक ः उत्सव
तिमी फुलेपछि
संसार रंगिएको छ
थरिथरिका फुलहरूमा
तिमी व्युँझिएपछि
बल्न थालेका छन्
निभ्न लागेका दियोहरू

कतै क्षितिज पारी
अस्ताउन लागेको जुन
तिमिलाई देखेर मुस्कुराउन थालेको छ
खडेरीले पिल्सिएका पालुवा
जुर्मुराउदै छन्
हरियाली वसन्त ऋतुको प्रतिक्षामा
कोकिलको सुमधुर भाकासँगै
सुसेलि हाल्दै मुस्कुराउन

तिम्रा पाउजु बजेपछि
डाफेँ, मुनाल नाचेका छन्
तिम्रो मुस्कान देखेर
हिमाल मुस्कुराउँदै छन्
स्वतन्त्रताको खित्का छाडेर

तिमीले चाहै भने
समय पनि टक्क उभिने छ
चौतारीको छहारीमा
र भन्नेछ
तिम्रै अधिनमा चल्नेछु

त्यसैले आऊ
अब
छोडिएका सपनाहरू सँगै
खोजिएका खुसीहरू
तुफानको रफ्तारमा
वस्तिवस्ति सम्म पुर्याउँ र
मनाउँ खुसीयालीको उत्सव


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

हतियार देखाएर लुटपाट गर्ने भोजपुर १ जना सहित पुरै गिरोह पक्राउ

प्रकाशित मिती : २०७८ श्रावण १४ गते , बिहिबार

प्रेमिको घरमा प्रेमिकाले गरिन आत्महत्या

प्रकाशित मिती : २०७८ श्रावण २६ गते , मंगलबार

सिफारिस

घाटिमा ढुङ्गा अड्किदा १६ महिने बालकको मृत्यु -सिद्धकाली खबर

प्रकाशित मिती : २०७७ मंसिर १० गते , बुधबार

सामुहिक बलात्कार गरेको आरोपमा ४ युवक पक्राउ

प्रकाशित मिती : २०७८ असार ३० गते , बुधबार

घिसिङले बुझे नियुक्ति पत्र

प्रकाशित मिती : २०७८ श्रावण २७ गते , बुधबार

एउटै जग्गा दुईजनालाई बेच्न खोज्दा एक जना पक्राउ

प्रकाशित मिती : २०७८ श्रावण २३ गते , शनिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: