. स्पुटनिक भी खोप लगाउन स्वीकृति दिने देशको सङ्ख्या ७० पुग्यो::Online News
अषोज १, २०७८ शुक्रबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ भाद्र ९ गते , बुधबार

स्पुटनिक भी खोप लगाउन स्वीकृति दिने देशको सङ्ख्या ७० पुग्यो


कोरोनाभाइरसविरुद्ध रुसले विकास र उत्पादन गरेको स्पुटनिक भी खोप लगाउन स्वीकृति दिने देशको सङ्ख्या ७० पुगेको छ।अहिलेसम्म सबैभन्दा पछाडि इन्डोनेसियाले समेत अनुमति दिएसँगै स्पुटनिक भी प्रति विश्वास गर्ने देशहरूको सङ्ख्या ७० पुगेको हो।

यो खोपलाई आपत्कालीन अवस्थामा मात्रै प्रयोग गर्न पाउने गरी अनुमति दिएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन्।खोपको विकास गरेको रुसी डाइरेक्ट इन्भेस्टमेन्ट फन्ट (आरडीआईएफ)ले इन्डोनेसियामा प्रयोग हुन थालेको यो खोप छैटौँ हो।

इन्डोनेसियामा यसअघि पाँच खोपलाई प्रयोगका लागि अनुमति दिइसकिएकोमा अहिले स्पुटनिक भी थप गरिएको अधिकारीहरूले जनाएका छन्।

उनीहरूका अनुसार इन्डोनेसियामा सिनोभ्याक, सिनोफर्म, अस्ट्राजेनिका, मोर्डना र फाइजर खोप यसअघि पनि प्रयोग हुँदै आएका थिए।

कोरोनाभाइरसबाट धेरै प्रभावितहरूको सूचीमा इन्डोनेसिया अहिले १३औँ क्रममा पर्दछ।इन्डोनेसियामा अहिलेसम्म ४० लाख २६ हजारभन्दा बढी मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन्।

त्यसैगरी अहिलेसम्म एक लाख २९ हजार २९३ जनाभन्दा बढीको कोरोनाभाइरसका कारण मृत्यु भएको छ।

तीमध्ये पछिल्लो एक दिनमा मात्रै एक हजार ४१ जनाको मृत्यु भएको छ।मृतक र सङ्क्रमितहरूको वृद्धिदर हेर्दा इन्डोनेसियामा अहिले पनि कोरोनाभाइरसको महामारीको असर धेरै नै देखिएको छ। एजेन्सी


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

खोटाङमा एकै दिन ३ जना संक्रमीत को मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १८ गते , मंगलबार

भारतमा सबै भन्दा बढी महाराष्ट प्रदेश प्रभावित

प्रकाशित मिती : २०७७ भाद्र २६ गते , शुक्रबार

ट्याक्टरले किच्दा चालकको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १९ गते , बुधबार

उपत्यकामा कोरोनाको केन्द्र बिन्दु बन्दै

प्रकाशित मिती : २०७७ अषोज १७ गते , शनिबार

सिफारिस

सशस्त्र प्रहरी बलमा भर्ना खुल्यो ।

प्रकाशित मिती : २०७७ अषोज २४ गते , शनिबार

खोटाङ बाट भरुवा बन्दुक र १५ केजि गाँजा सहित २ जना पक्राउ

प्रकाशित मिती : २०७८ भाद्र ७ गते , सोमबार

पर्यटकको आकर्षक केन्द्र बन्दै सिबि होमस्टे-भिडियो सहित

प्रकाशित मिती : २०७७ फागुण २६ गते , बुधबार

भोजपुरमा थप २३ जना कोरोना संक्रमीत पालिका अपडेट सहित

प्रकाशित मिती : २०७८ जेठ २६ गते , बुधबार

सुरक्षाकर्मिमा बढ्दो कोरना संक्रमण

प्रकाशित मिती : २०७७ भाद्र २४ गते , बुधबार

हाम्रो टिम

सम्पर्क

Follow us at: