. अज्ञात व्यक्तिद्वारा विद्यालयमा तोडफोड::Online News
अषोज १, २०७८ शुक्रबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ भाद्र १७ गते , बिहिबार

अज्ञात व्यक्तिद्वारा विद्यालयमा तोडफोड


अज्ञात व्यक्तिले बोगटान फुड्सिल गाउँपालिका–२ मा रहेको केदारअखडा माध्यमिक विद्यालयमा तोडफोड गरेको छ ।

नचिनेका मान्छेको समूहले रातिको समयमा विद्यालय तोडफोड गरेको प्रधानाध्यापक गुमानसिंह बोहराले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यालय कक्षको ताला फोडेर विद्यालयमा तोडफोड गर्नाका साथै कोठाभित्र रहेका दराजका विभिन्न कागजात पनि च्यातेको छ ।

“विद्यालयका धेरै कागजात च्यातेको भन्ने खबर पाएको छु”, प्रधानाध्यापक बोहराले भन्नुभयो, “म श्रीमतीको उपचारका लागि कैलालीमा छु, विद्यालय तोडफोड गरेको र के कति क्षति गरेको छ, अब विद्यालय गएपछि मात्रै थाहा हुनेछ ।” स्थानीयवासीका अनुसार विद्यालयमा कुन समूह तथा किन तोडफोड गरिएको हो भन्ने पत्ता लाग्न सकेको छैन । इलाका प्रहरी कार्यालय चमराचौताराले विद्यालयमा तोडफोड भएको र घटनाका विषयमा विस्तृत अनुसन्धानसहित खोजीकार्य भइरहेको जनाएको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण

प्रकाशित मिती : २०७८ जेठ १५ गते , शनिबार

असोज दोश्रो साता देखि आन्तरिकतर्फको उडान खोल्ने तयारि

प्रकाशित मिती : २०७७ भाद्र २९ गते , सोमबार

एक करोड माथिको खानेपानीको योजना सप्पन्न

प्रकाशित मिती : २०७७ भाद्र ३१ गते , बुधबार

बिध्यालय शिक्षाका लागि आकस्मिक नयाँ अबधारणा

प्रकाशित मिती : २०७७ अषोज ७ गते , बुधबार

भोजपुर कसरी खुकुरीको लागि प्रसिद्ध जिल्ला भयो ? पूरा पढनुहाेस

प्रकाशित मिती : २०७७ अषोज २३ गते , शुक्रबार

हाम्रो टिम

सम्पर्क

Follow us at: