. अवस्था हेरेर अफगानिस्तानका नागरिकका लागि आवश्यक सहयोग गर्न पाकिस्तानको आग्रह::Online News
अषोज १, २०७८ शुक्रबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ भाद्र १६ गते , बुधबार

अवस्था हेरेर अफगानिस्तानका नागरिकका लागि आवश्यक सहयोग गर्न पाकिस्तानको आग्रह


अफगानिस्तानको अहिलेको अवस्थाको मध्यनजर गरेर यहाँका नागरिकका लागि आवश्यक सहयोग गर्न पाकिस्तानले आग्रह गरेको छ।

पाकिस्तानका विदेश मन्त्री साहमोहमद कुरेसीले सो कुरा बताउनुभएको हो । उहाँले खासगरी अफगान नागरिकले आफ्नो देशमा बसेर न्युननत आवश्यकता पाउन सक्ने वातावरण बताउनुपर्ने बताउनुभएको हो।

उहाँले यस अवस्थाका लागि आवश्यक सहयोग गर्नुपर्ने भन्दै यसका लागि विश्व समुदायसमक्ष उहाँले जोड दिनुभएको हो।

विदेशमन्त्री कुरेसीले उहाँका जर्मन समकक्षी केइको मासले पाकिस्तानले विगत लामो समयदेखि अफगान शरणार्थीलाई आश्रय दिइरहेको बताउनुभयो।

हाल पाकिस्तान भ्रमणमा रहनुभएका जर्मन विदेशमन्त्री माससँगै पाकिस्तानको राजधानी इस्लामावादमा आज आयोजना गरिएको संयुक्त पत्रकार सम्मेलनमा उहाँले सो कुरा बताउनुभएको हो।

उहाँले भन्नुभयो, हामीले दशकौँ पहिलादेखि नै अफगानिस्तानका दशौँ लाख शरणार्थीलाई शरण दिइरहेका छौँ र यसका लागि हामीले कसैबाट आवश्यक मात्रामा आर्थिक सहयोग पनि प्राप्त गर्न सकिरहेका छैनौँ ।

यतिखेर अफगानिस्तानको अवस्था अत्यन्तै नाजुक रहेको र इतिहासमा नै यो देश अहिले नयाँ मोडमा उभिएकोले आगामी दिनमा यहाँका नागरिकको सहयोग तथा अन्य व्यवस्थाका लागि विश्व समुदाय एक हुनुपर्ने पनि उहाँले बताउनुभयो।

उहाँले अफगानिस्तानमा यस्तो अवस्था आएको छ कि त्यहाँका नागरिक अहिले मानवीय सहायताको पर्खाइमा छन् र उनीहरुलाई आवश्यक मात्रामा सहयोग गर्नुपर्ने कुरामा जोड दिनु भएको छ। रासस


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

हतुवागढिका -४ का वडाअध्यक्ष ले बिज्ञपति सहित माफी मागेका छन

प्रकाशित मिती : २०७८ जेठ १८ गते , मंगलबार

प्रहरी चौकी भित्रै प्रहरीमाथी खुकुरी प्रहार

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

बोक्सिको आरोपमा एक महिलामाथी निर्घात कुटपिट

प्रकाशित मिती : २०७७ अषोज ४ गते , आइतबार

लकडाउनको बारेमा स्पष्ट स्वास्थ मन्त्रालयको जानकारि

प्रकाशित मिती : २०७७ अषोज ८ गते , बिहिबार

सिफारिस

धनकुटाको सामुदायिक बनमा भीषण आगलागी ,३५ घर उच्च जोखिममा

प्रकाशित मिती : २०७७ चैत्र ११ गते , बुधबार

लकडाउनको बारेमा स्पष्ट स्वास्थ मन्त्रालयको जानकारि

प्रकाशित मिती : २०७७ अषोज ८ गते , बिहिबार

भोजपुरको याङपाङमा एक घर एक धारा अभियानमा घर घरमा धारा जडान

प्रकाशित मिती : २०७८ बैसाख ३१ गते , शुक्रबार

हाम्रो टिम

सम्पर्क

Follow us at: