. अविरल वर्षाले आएको बाढी, पहिरो ,डुबान र पहिरोमा परि मुलुकभर ११६ जनाको मृत्यु::Online News
अषोज ६, २०७८ बुधबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ भाद्र १८ गते , शुक्रबार

अविरल वर्षाले आएको बाढी, पहिरो ,डुबान र पहिरोमा परि मुलुकभर ११६ जनाको मृत्यु


अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा गएको बाढी, पहिरो र डुबानमा परी गत जेठ ३० यता ११६ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा ५३ पुरुष, ३४ महिला, १३ बालक र १६ बालिका रहेका प्रहरी प्रधान कार्यालयले जनाएको छ। रातिदेखिको भारी वर्षापछि पहिरोमा परेर पर्वतमा मात्रै आज ११ जनाको ज्यान गएको छ ।

बाढीपहिरो र डुबानमा परी उक्त अवधिमा १३६ जना घाइते भएका छन्। तीमध्ये ६८ पुरुष, ३७ महिला, २० बालक र ११ बालिका रहेका प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादु कुँवरले जानकारी दिए। बाढीपहिरोमा परी ४४ बेपत्ता भएका छन्।

उनीहरूको खोजीकार्य जारी छ।

बाढीपहिरोमा परेका एक हजार २८९ जनाको विभिन्न ठाउँबाट उद्दार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।

बाढीको कारण तीन हजार १८२ घर डुबानमा परेका, ९७८ घर, १६४ गोठ, ६६ पुल, आठ विद्यालय र १५ सरकारी कार्यालयमा क्षति पुगेको छ।

एक हजार ३०३ वटा पशु मरेका छन । सो अवधिमा भएका जम्मा एक हजार ३४५ विपद्का घटनाबाट एक हजार २६९ परिवारका छ हजार १११ मानिस विस्थापित भएका छन्।

उक्त घटनाबाट प्रभावित स्थानमा भएको क्षति न्यूनीकरण, उद्दार, जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने कार्य जारी रहेको प्रहरीले जनाएको छ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

नेपालबाट चार देशका लागि नियमित उडान खुला

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

निर्दोष बालबालिका माथी अत्याचार र अन्याय विरुद्धको सुभकामना

प्रकाशित मिती : २०७८ जेठ २१ गते , शुक्रबार

मुख्यमन्त्रीद्वारा भोजपुर–टक्सार विमानस्थल सडक उद्घाटन

प्रकाशित मिती : २०७७ कात्तिक २४ गते , सोमबार

सिफारिस

एक करोड माथिको खानेपानीको योजना सप्पन्न

प्रकाशित मिती : २०७७ भाद्र ३१ गते , बुधबार

प्रहरी इन्सपेक्टरको लागि बढुवा रोकियो ,असईमा बढुवा तयारि

प्रकाशित मिती : २०७७ फागुण १ गते , शनिबार

प्रहरी चौकी भित्रै प्रहरीमाथी खुकुरी प्रहार

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

भोजपुरमा फौजी किराले मकै वारि सखाप किसानहरु चिन्ताजनक

प्रकाशित मिती : २०७८ जेठ ९ गते , आइतबार

हाम्रो टिम

सम्पर्क

Follow us at: