. के दशैंमा इन्धन अभाव हुन्छ, कति छ मौज्दात ?::Online News
कात्तिक ८, २०७८ सोमबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

के दशैंमा इन्धन अभाव हुन्छ, कति छ मौज्दात ?


१२ असोज, काठमाडौं ।

नेपाल आयल निगमले चाडपर्वमा पेट्रोलियम पर्दाथको अभाव नहुने स्पष्ट पारेको छ ।

निगमका निर्देशक वीरेन्द्र गोइतले दशैं, तिहार र छठमा पेट्रोलियम पदार्थको अभाव नहुने जानकारी दिएका हुन् ।

राजधानीमा आयोजित बजार अनुगमन र सरोकारवालाको भूमिका विषयक अन्तर्क्रिरयालाई सम्बोधन गर्दै गोइतले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सही अवस्थामा रहेको बताए ।

उनका अनुसार ७९ प्रतिशत इन्धन मौज्दात छ । नेपालमा डिजेल बढी खपत हुने भएकाले कुल खपतको ६० प्रतिशत डिजेल मौज्दात रहेको गोइतले जानकारी दिए ।

भारतको मोतिहारीदेखि बाराको अमलेखगन्जसम्म पेट्रोलियम पाइपलाइन सञ्चालनमा आएको र मौज्दात पनि भएकाले पेट्रोल, डिजेल तथा एलपी ग्यासकोसमेत कुनै अभाव नरहेको उनको भनाइ छ ।

‘जतिबेला पाइपलाइन थिएन रक्सौलमा जामले समस्यारअभाव हुन्थ्यो । अहिले आपूर्तिमा समस्या छैन,’ उनले भने । निर्देशक गोइतले यसपालि पनि दशैं अवधिभर पेट्रोल पम्प खुला रहने उल्लेख गरे ।

‘दशैंमा देशभर पम्प खुल्छ । सप्तमी पछि दुई दिन बन्द हुन्छ । तर मागअनुसार खुला हुन्छ,’ उनले भने, ‘चाडपर्वमा पेट्रोलियम पदार्थको अभाव हुँदैन ।’


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

५३ किलो गाँजा सहित एक जना पक्राउ

प्रकाशित मिती : २०७८ कात्तिक ८ गते , सोमबार

बस दुर्घटनामा दुई जनाको ज्यान गएको छ ,६३ घाइते

प्रकाशित मिती : २०७८ कात्तिक ८ गते , सोमबार

ह्दयविदारक तस्बिरहरुमा एउटा साहाराविहीन सानो बाँदरको बच्चा

प्रकाशित मिती : २०७८ कात्तिक ८ गते , सोमबार

पहिरोले मुहान बिगारेपछि खानेपानीको हाहाकार

प्रकाशित मिती : २०७८ कात्तिक ७ गते , आइतबार

स्कुटी दुर्घटनाबाट चालकको मृत्यु

प्रकाशित मिती : २०७८ कात्तिक ६ गते , शनिबार

साताको लोकप्रिय

पर्यटकको आकर्षक केन्द्र बन्दै च्याङ्ग्रे पोखरी

प्रकाशित मिती : २०७८ जेठ १७ गते , सोमबार

धनकुटामा ९१ बर्षकी वृद्धाको कोरोना संक्रमण बाट मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १३ गते , बिहिबार

सिफारिस

प्रहरी इन्सपेक्टरको लागि बढुवा रोकियो ,असईमा बढुवा तयारि

प्रकाशित मिती : २०७७ फागुण १ गते , शनिबार

नेपाल र भारतबीचको मैत्रीपूर्ण खेल १-१ को बराबरीमा सकियो

प्रकाशित मिती : २०७८ भाद्र १७ गते , बिहिबार

ओलिलाइ चारै तिर बाट घेराबन्दी ,के यसपाली सत्ता संकट टर्ला त?

प्रकाशित मिती : २०७७ चैत्र ३ गते , मंगलबार

हाम्रो टिम

सम्पर्क

Follow us at: