. झोलुङ्गे पुलमा क्षति पुर्याएपछि मनाङको नार्पाभूमि गाउँपालिका पुग्न समस्या::Online News
अषोज ६, २०७८ बुधबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ भाद्र १६ गते , बुधबार

झोलुङ्गे पुलमा क्षति पुर्याएपछि मनाङको नार्पाभूमि गाउँपालिका पुग्न समस्या


सडक सञ्जालबाट टाढा रहेको मनाङको नार्पाभूमि गाउँपालिका पुग्न समस्या भएको छ। मर्स्याङ्दी नदीमा गत असार १ गते आएको बाढीले गाउँपालिका पुग्ने एक मात्र झोलुङ्गे पुलमा क्षति पुर्याएपछि आवातजावतमा कठिनाइ भएको हो।

बाढीले सदरमुकाम चामेसँग जोड्ने एक मात्र पुलमा क्षति पुगेपछि अहिले गाउँपालिकावासी ज्यान जोखिममा राखेर सामग्री ल्याउन बाध्य छन्। पुलको अधिकांश भाग भत्केको छ। यद्यपी त्यही पुलबाट नारफुका बासिन्दा सदरमुकाम आवतजावत गर्न बाध्य भएका छन्।

बाढीले पुल भत्किएपछि चामे गाउँपालिका–२ कोतोस्थित मर्स्याङ्दी नदीमाथिको पुलकै भरमा ओहोरदोहोर गर्न बाध्य भएको फुगाउँका स्थानीय सोनाम तेजे लामाले जानकारीदिए। ‘जोखिम मोलेर हिँडेन भने काम गर्न सकिँदैन। सधैँ हेलिकोप्टर आउने कुरा भएन, सदमुकाममा काम पर्छ। जानुप¥यो, पुगेर फर्किन सक्ने हो कि होइन चिन्ता र त्रास त्रासैमा हिँड्नुपर्छ”, उहाँले भन्नुभयो।

गाउँसँग जोड्ने अन्य पुल पनि छैन। नार्पाभूमि गाउँपालिका सडक सञ्जालसँग समेत जोडिएको छैन। “गाउँपालिकासँग जोड्ने एक मात्र पुल पनि जीर्ण छ। यसलाई काठ राखेर जसोतसो हिँड्न मिल्ने बनाएका छौँ।

यसलाई सहज बनाउनका लागि अझै मर्मत गरी सहज बनाउने प्रयास गरिरहेका छौँ। सदरमुकाममा काम पर्छ पुल छैन”, नार्पाभूमि गाउँपालिकाका अध्यक्ष मिङ्मारछिरिङ लामाले भने।

खाद्यान्न हेलिकोप्टरमार्फत ल्याए पनि सदरमुकामबाट गर्नुपर्ने अन्य कामका लागि जोखिम मोलेर हिँड्न बाध्य भएको उनले जानकारी दिए।

प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद लामिछानेले पुल मर्मत गर्न प्राविधिक जनशक्ति र आवश्यक सामग्रीसमेत अभाव रहेको बताए। सो नदीको वहाव कम भए पनि जोखिम भने कम नभएको बताइएको छ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

खोटाङमा एकै दिन ३ जना संक्रमीत को मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १८ गते , मंगलबार

भारतमा सबै भन्दा बढी महाराष्ट प्रदेश प्रभावित

प्रकाशित मिती : २०७७ भाद्र २६ गते , शुक्रबार

ट्याक्टरले किच्दा चालकको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १९ गते , बुधबार

उपत्यकामा कोरोनाको केन्द्र बिन्दु बन्दै

प्रकाशित मिती : २०७७ अषोज १७ गते , शनिबार

सिफारिस

कोरोना भाइरसको रहस्यमय उत्पत्ति

प्रकाशित मिती : २०७८ जेठ १३ गते , बिहिबार

संखुवासभामा बुद्ध एयरको एटिआर ४२ को ४७ सिट क्षमताको उडान सुरु

प्रकाशित मिती : २०७८ बैसाख १९ गते , आइतबार

बिश्वकै पहिलो १८ जिबि र्‍याम भएको स्मार्ट फोन सार्बजनिक

प्रकाशित मिती : २०७७ फागुण २३ गते , आइतबार

हाम्रो टिम

सम्पर्क

Follow us at: