. नेपाल टेलिकमको फोनमा समस्या::Online News
अषोज १, २०७८ शुक्रबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ भाद्र १८ गते , शुक्रबार

नेपाल टेलिकमको फोनमा समस्या


नेपाल टेलिकमको मोबाइल नम्बरमा समस्या देखिएको छ । केही दिनदेखि टेलिकमको मोबाइल नम्बरमा विदेशबाट मिस्ड कल आउने र कल गर्दा नबोल्ने, पैसा काटिनेजस्ता समस्या देखिएको टेलिकमले जनाएको छ ।

टेलिकमले सूचना निकालेर  समस्या आएकाले मोबाइल फोनमा भएका अनावश्यक र शङ्कास्पद एप हटाउन आग्रह गरेको छ । कम्पनीको मोबाइल सेवाका ग्राहकको मोबाइलबाट अटोडायल हुने, अटोडायल भएका ग्राहकको मोबाइलमा कल लग नदेखिने र बाह्य कल सफल भएको अवस्थामा पैसा काटिनेजस्ता अवस्था पनि पाइएको छ ।

यस्ता घटना सम्भवतः ग्राहकको मोबाइलमा रहेका कुनै एप वा वेबसाइटका माध्यमबाट हुनसक्ने भएकाले मोबाइल सेटमा अनावश्यक र शङ्कास्पद एपहरु इन्स्टल नगर्न वा हटाउन टेलिकमले अनुरोध गरेको हो ।

टेलिकमले अनधिकृत र अनावश्यक कलबाट बच्नका लागि सतर्क हुन आग्रह गर्दै उपलब्ध गराउने लकिङ कोडको प्रयोग गरी आवश्यक परेको समयमा आइएसडी सेवा खोली कल गर्ने र आवश्यक नहुने समयमा त्यो सेवा पुनः बन्द गर्न सकिने जनाएको छ ।रासस


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

शुक्रबार भोजपुरको कोरोना अपडेट

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

भोजपुरमा ३ जनामा कोरोना पुष्टि भए संगै १ हप्ता लकडाउन

प्रकाशित मिती : २०७७ भाद्र २५ गते , बिहिबार

बाबुको किरिया गर्न बसेका एक दाम्पतिको आगलागीमा परि मृत्यु

प्रकाशित मिती : २०७८ जेठ २१ गते , शुक्रबार

सिफारिस

कविता महोत्सवमा प्रथम भएकी कविता राइको यस्तो थियो कबिता

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

कक्षा १२ को परिक्षा मिति तोकियो रुटिङ सहित

प्रकाशित मिती : २०७८ श्रावण ५ गते , मंगलबार

आज नेपाली काङ्ग्रेसको बैठक बस्दै

प्रकाशित मिती : २०७७ फागुण २१ गते , शुक्रबार

हाम्रो टिम

सम्पर्क

Follow us at: