. नेपाल र भारतबीचको मैत्रीपूर्ण खेल १-१ को बराबरीमा सकियो::Online News
अषोज १, २०७८ शुक्रबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ भाद्र १७ गते , बिहिबार

नेपाल र भारतबीचको मैत्रीपूर्ण खेल १-१ को बराबरीमा सकियो


नेपाल र भारतबीचको मैत्रीपूर्ण खेल बराबरीमा सकिएको छ।

दुबै टोलीले एक-एक गोल गरेका हुन्। नेपालले पहिलो हाफमा एक गोल गरेको थियो। दोस्रो हाफमा भारतले गोल फर्काएको हो।नेपालका लागि अन्जन विष्टले ३६ औं मिनेटमा गोल गरेका थिए। भारतका मिडफिल्डर अनिरुद्र थापाले ५९ औं मिनेटमा गोल फर्काएका हुन्।

सिमित दर्शकको उपस्थितिमा भइरहेको खेलमा नेपाल सरकार र विश्व फुटबल महासङ्घ (फिफा)ले तोकेको सबै मापदण्ड पूरा गरेका दर्शकलाई मात्र मैदानमा प्रवेश गराइएको छ।

नेपालसित मैत्रीपूर्ण खेल खेल्न भारतीय टोली सोमबार काठमाडौं आइपुगेको थियो।मुख्य प्रशिक्षक इगोर स्टिमाकसहितको २५ सदस्यीय भारतीय टोलीले नेपालसित दुई मैत्रीपूर्ण खेल्नेछ।नेपाल र भारतबीच दशरथ रंगशालामा छ वर्षपछि फुटबल भएको हो।भारतीय भूमीमा भने नेपाल र भारतबीच सन् २०१७ मा मुम्बईमा खेल भएको थियो। उक्त खेलमा नेपाल भारतसँग दुई शून्य गोलले पराजित भएको थियो ।

नेपाल र भारतबीच हालसम्म १९ वटा खेलमा प्रतिस्पर्धा भएकामा भारतले १३ खेलमा जीत हासिल गरेको छ भने नेपाल दुई खेलमा मात्र विजयी भएको छ। दुवै देशले चार खेलमा बराबरी खेलेका थिए। भारतले नेपालको पोष्टमा ३३ गोल गरेको छ भने नेपालले भारतको पोष्टमा नौ गोल मात्र गर्न सकेको छ।

भारतसितको मैत्रीपूर्ण खेलपछि नेपाली टोली दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ)को तयारी गर्न कतारको दोहा जानेछ।नेपाली टोली भदौ २५ गते दोहा प्रस्थान गर्ने तय भएको छ। नेपाली टोलीलाई हाल मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले प्रशिक्षण दिइरहेका छन्।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

पहिरो सहित झरेको ढुङ्गाले ६६ बर्षे महिलाको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १६ गते , आइतबार

भोजपुरमा रसायनिक मलमा कालो बजारि

प्रकाशित मिती : २०७७ भाद्र २२ गते , सोमबार

प्रदेश १ मा आज यति धेरै सन्क्रमित थपिए

प्रकाशित मिती : २०७७ अषोज १ गते , बिहिबार

भोजपुरमा आज थप १६ जना संक्रमीत पालिका अपडेट सहित

प्रकाशित मिती : २०७८ जेठ २४ गते , सोमबार

सिफारिस

आज देशका धेरै भागमा वर्षा हुने सम्भावना

प्रकाशित मिती : २०७८ जेठ ३१ गते , सोमबार

खोटाङमा गर्भवती महिलाको हेलिकप्टर मार्फत उद्वार

प्रकाशित मिती : २०७८ असार २२ गते , मंगलबार

सप्तकोसीमा बज्यो खतराको घण्टी हाल सम्म कति ढोका खोलियो ?

प्रकाशित मिती : २०७८ असार ३ गते , बिहिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: