. नेपाल र भारत आज भिड्दै , कस्ले मार्ला त बाजी ??::Online News
माघ ११, २०७८ मंगलबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ भाद्र १७ गते , बिहिबार

नेपाल र भारत आज भिड्दै , कस्ले मार्ला त बाजी ??


माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपाल र भारतले आज मैत्रीपूर्ण फुटबल खेल खेल्दै छन् । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने उक्त खेल साँझ ५ः३० बजेबाट सुरु हुनेछ ।

दशरथ रङ्गशालामा नेपाल र भारतले ६ वर्षपछि पहिलो पटक खेल्न लागेका हुन् । यस खेलमा घरेलु टोली नेपाल समर्थकसहितको मैदानमा उत्रिनेछ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले यस खेलका लागि दर्शकको उपस्थिति रहने जनाएको छ । कोरोना महामारीका सन्त्रासमा आयोजना हुन लागेको खेलमा सीमित दर्शकले मैत्रीपूर्ण खेल हेर्ने मौका पाउने छन् ।

नेपालले हालसम्म भारतसँग १९ खेल खेलेको छ । जसमा भारतले १३ खेल जितेको छ । नेपालले दुई खेल जित्दा चार खेल बराबरीमा सकिएका छन् । साफ च्याम्पियनसिप आउँदो असोज १५ देखि ३० गतेसम्म हुनेछ ।

फिफा वरीयतामा भारत नेपालभन्दा माथि छ । पछिलो वरीयतामा भारत एक सय पाँचौं स्थानमा रहेको छ भने नेपाल एक सय ६८ औं स्थानमा रहेको छ । नेपालले पछिल्लो पटक भारतसँग २०१७ को जुन ६ मा मैत्रीपूर्ण खेल खेलेको थियो । जसमा भारत २–० ले विजयी भएको थियो ।

नेपालले पछिल्लो पटक २०१३ को साफ च्याम्पियनसिपमा भारतलाई हराएको थियो । अनिल गुरुङ र जुमानु राईले गोल गरेपछि दशरथ रंगशालामा नेपालले भारतलाई २–१ ले हराएको थियो ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

साताको लोकप्रिय

सामाजिक अभियानता ज्वाला संग्रौलाको समूह पक्राउ

प्रकाशित मिती : २०७८ असार ६ गते , आइतबार

रोकि राखेको मोटरसाइकल जलाउने दुई जना पक्राउ

प्रकाशित मिती : २०७८ असार १० गते , बिहिबार

पेटमा खुकुरी प्रहार गरि एक जनाको हत्या

प्रकाशित मिती : २०७८ असार २४ गते , बिहिबार

खुकुरी प्रहार बाट ६७ बर्षिय वृद्धको मृत्यु ।         

प्रकाशित मिती : २०७८ श्रावण ६ गते , बुधबार

प्रदेश -१ मा थप १ हजार १ सय १६ जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित मिती : २०७८ श्रावण ११ गते , सोमबार

सिफारिस

भोजपुरमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

प्रकाशित मिती : २०७७ चैत्र १७ गते , मंगलबार

हाम्रो टिम

सम्पर्क

Follow us at: