. नेपाल सरकारद्वारा एमसिसीका विषयमा उठिरहेका प्रश्नबारे प्रस्ट पार्न अमेरिकालाई पत्र::Online News
अषोज ६, २०७८ बुधबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ भाद्र १९ गते , शनिबार

नेपाल सरकारद्वारा एमसिसीका विषयमा उठिरहेका प्रश्नबारे प्रस्ट पार्न अमेरिकालाई पत्र


नेपाल सरकारले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) का विषयमा उठिरहेका प्रश्नबारे प्रस्ट पार्न अमेरिकालाई पत्र लेखेको विषयलाई नेपालस्थित अमेरिकी दूतावासले परियोजना अनुमोदनका पक्षमा सकारात्मक कदम भनेको छ।

एमसिसीकी उपाध्यक्ष फतिमा सुमारको नेपाल भ्रमणको मिति नजिकिँदै गर्दा अर्थ मन्त्रालयले शुक्रबार नेपालस्थित अमेरिकी दूतावासमार्फत एमसिसीलाई पत्र लेख्दै नेपालमा जनस्तर तथा राजनीतिक तहमा उठेका प्रश्नबारे स्पष्ट पार्न आग्रह गरेको छ। संसद्बाट अनुमोदन हुनुपर्ने विषयमा राजनीतिक सहमति नजुटेपछि परियोजना अघि बढ्न नसकेको अवस्थामा सरकारको पत्राचारले आशा जगाएको दूतावासले जनाएको छ।

‘एमसिसीले नेपालको अर्थ मन्त्रालयबाट शुक्रबार पत्र प्राप्त गरेको छ। यो अनुमोदनका लागि सकारात्मक कदम हो,’ दूतावासका एक अधिकारीले भने। उनले नेपाली जनतासँग खुला र पारदर्शी संवादका लागि एमसिसी तयार रहेको पनि बताए।

५० करोड अमेरिकी डलरको उक्त परियोजना नेपालमा लागु गर्ने विषयमा नेपाल सरकारसँग सन् २०१७ मै सम्झौता भए पनि राजनीतिक तथा जनस्तरमा समेत विभिन्न प्रश्न तथा आशंका उत्पन्न भएपछि यो विषय अघि बढ्न सकेको छैन। एमसिसी कार्यान्वयनका विषयमा जानकारी लिन उपाध्यक्ष सुमार अर्को साता नेपाल आउने तय भएपछि सरकारले यो विषयमा सहमति जुटाउन छलफल तीव्र बनाएको छ। यो समाचार आजको नागरिक दैनिकमा छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

श्रीमतिको हत्याको आरोपमा श्रीमान पक्राउ

प्रकाशित मिती : २०७८ श्रावण ९ गते , शनिबार

एक्कै परिवारका ४६ जना बाबुको क्रिया गर्दै

प्रकाशित मिती : २०७८ श्रावण १९ गते , मंगलबार

भोजपुरमा पछिल्लो २४ घण्टामा थप २२ जनामा संक्रमण पुष्टि

प्रकाशित मिती : २०७८ भाद्र १ गते , मंगलबार

खोटाङमा आफ्नै दाजुको हत्यामा २ जना पक्राउ

प्रकाशित मिती : २०७८ भाद्र ११ गते , शुक्रबार

सिफारिस

भोजपुरमा गत सालको भन्दा यस बर्ष सुन्तला खेतिमा ह्रास

प्रकाशित मिती : २०७७ फागुण ७ गते , शुक्रबार

खुकुरी प्रहार बाट ६७ बर्षिय वृद्धको मृत्यु ।         

प्रकाशित मिती : २०७८ श्रावण ६ गते , बुधबार

ओलिलाइ चारै तिर बाट घेराबन्दी ,के यसपाली सत्ता संकट टर्ला त?

प्रकाशित मिती : २०७७ चैत्र ३ गते , मंगलबार

हाम्रो टिम

सम्पर्क

Follow us at: