. पाँच महिनादेखि बन्द पशुपतिनाथ मन्दिर खोल्ने तयारी सुरु::Online News
माघ ११, २०७८ मंगलबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ भाद्र १८ गते , शुक्रबार

पाँच महिनादेखि बन्द पशुपतिनाथ मन्दिर खोल्ने तयारी सुरु


पाँच महिनादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर खोल्ने तयारी सुरु गरिएको छ। हरितालिका तीजको आसपासदेखि नै मन्दिर खोल्ने तयारी भएको जनाइएको छ।

मन्दिर खोल्न संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र जिल्ला प्रशासन कार्यालय काठमाडौँसँग पनि परामर्श गरिएको पशुपति क्षेत्र विकास कोषका प्रशासकीय अधिकृत रेवतीरमण अधिकारीले जानकारी दिए।

नयाँ भेरियन्टसहितको कोरोनाको जोखिम बढ्दै गएपछि गत वैशाख पहिलो सातादेखि पशुपतिनाथको मूल मन्दिरलगायत देवालय शिवालय एवं गुह्येश्वरीलगायत शक्तिपीठ भक्तजनका लागि बन्द गरिएको थियो।

कोरोनाको जोखिम कम हुँदै गएपछि नेपाली महिलाको महान् चाड हरितालिका तीजको अवसर पारेर त्यसको आसपासमै मन्दिर खुला गर्ने तयारी भएको हो। कोषको आज बस्ने आन्तरिक बैठकले तीजअघि वा पछि मन्दिर खोल्ने निर्णय गर्ने बताए।

पशुपतिनाथसँगै पशुपति क्षेत्रका गुह्येश्वरीलगायत मन्दिर पनि बन्द छन्। पशुपतिसँगै यी मन्दिर पनि खुला गर्ने तयारी गरिएको कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले जानकारी दिए। यसपटक पाँच महिनापछि पशुपतिनाथलगायत यस क्षेत्रका मन्दिर भक्तजनका लागि खुला गर्न लागिएको हो।

भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर पशुपति क्षेत्र खुला गर्न लागिएको बताइएको छ। मन्दिर खुला गरिएपछि पशुपति क्षेत्र प्रवेश गर्ने भक्तजनले अनिवार्यरूपमा मास्क लगाउनुपर्नेछ।

भक्तजनलाई स्यानिटाइजरको पनि व्यवस्था गरिनेछ। दूरी कायम गरी भक्तजनलाई मूल मन्दिरभित्र प्रवेश गराउने तयारी गरिएको छ।

विसं २०७६ चैतमा कोरोना महामारी नेपालमा पनि देखिन थालेपछि पशुपतिनाथ मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो। दश महिनापछि २०७७ साल पुस १ गतेदेखि भक्तजनका लागि मन्दिर खुला गरिएको थियो। सुरुमा दूरी कायम गरेर स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर मन्दिर खुला गरिएको थियो। बिहान ६ः०० देखि अपराह्न २ः०० बजेसम्ममात्र मन्दिर भक्तजनका लागि खुला गरिएको थियो।

भक्तजनका लागि मन्दिर खुला गरिए पनि विदेशी पर्यटकका लागि भने पशुपति क्षेत्र विसं २०७६ चैतदेखि नै बन्द गरिएको छ। पशुपति क्षेत्रका सबै टिकट काउन्टर पनि त्यसै बेलादेखि बन्द छन्। पर्यटकको टिकटबाट कोषलाई प्राप्त हुने करोडौँ रुपैयाँ उठ्न छाडेको छ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

साताको लोकप्रिय

हतुवागढिका -४ का वडाअध्यक्ष ले बिज्ञपति सहित माफी मागेका छन

प्रकाशित मिती : २०७८ जेठ १८ गते , मंगलबार

प्रहरी चौकी भित्रै प्रहरीमाथी खुकुरी प्रहार

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

बोक्सिको आरोपमा एक महिलामाथी निर्घात कुटपिट

प्रकाशित मिती : २०७७ अषोज ४ गते , आइतबार

लकडाउनको बारेमा स्पष्ट स्वास्थ मन्त्रालयको जानकारि

प्रकाशित मिती : २०७७ अषोज ८ गते , बिहिबार

सिफारिस

बेलायतमा पनि फैलियो इन्डियन कोरोना भाइरस

प्रकाशित मिती : २०७८ बैसाख ३० गते , बिहिबार

(who)ले दियो कोरोना भाइरसको अन्त्य हुने सन्केत

प्रकाशित मिती : २०७७ अषोज १ गते , बिहिबार

एका बिहाननै भुकम्प को ठूलो धक्का मानिसहरु त्रासित

प्रकाशित मिती : २०७७ भाद्र ३१ गते , बुधबार

हाम्रो टिम

सम्पर्क

Follow us at: