. फिफा विश्वकप छनोट खेलमा अर्जेन्टिनाले भेनेजुएलालाई ३–१ गोल अन्तरले हरायो::Online News
माघ ६, २०७८ बिहिबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ भाद्र १८ गते , शुक्रबार

फिफा विश्वकप छनोट खेलमा अर्जेन्टिनाले भेनेजुएलालाई ३–१ गोल अन्तरले हरायो


फिफा विश्वकप अन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले सानदार जित निकालेको छ । शुक्रबार बिहान भएको खेलमा अर्जेन्टिनाले भेनेजुएलालाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।

अर्जेन्टिनलाई सादर जित दिलाउनको लागि लोउटारो मार्टिनेजले चम्किए । उनले एक गोल र गोलका लागि एक असिस्ट गरे । त्यस्तै अर्जेन्टिनाको लागि जोआक्विन कोरेआ र एन्जल कोरेआले समान एक गोल गरे ।

घरेलु टोली भनेजुएलाको लागि यफेर्सन सोटेल्डोले एक गोल फर्काए । अर्जेन्टिनाले एक गोल पहिलो हाफमा गरेको थियो भने दुई गोल दोस्रो हाफमा थपेको थियो ।

पहिलो हाफको इन्जुरी समयमा मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । उनले जियोभानी लो सेल्सोको पासमा गोल गरेका थिए ।

७१औं मिनेटमा सब्सिच्युट जोआक्विन कोरेआले गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर पारे । ७४ औं मिनेटमा एन्जल कोरेआले गोल गर्दै अर्जेन्टिनालाई ३–० ले अघि बढाए ।

९०औं मिनेटमा यफेर्सन सोटेल्डोले पेनाल्टीमार्फत एक गोल फर्काएका थिए । त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसक्दा खेल आर्जेन्टिनाले जित्यो ।

दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाको यो चौथो जित हो । ७ खेलबाट १५ अंक जोडेको अर्जेन्टिना दोस्रो स्थामा छ । पराजित भेनेजुएला ४ अंक जोडेर पुछारमा रहेको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

साताको लोकप्रिय

पर्यटकको आकर्षक केन्द्र बन्दै च्याङ्ग्रे पोखरी

प्रकाशित मिती : २०७८ जेठ १७ गते , सोमबार

धनकुटामा ९१ बर्षकी वृद्धाको कोरोना संक्रमण बाट मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १३ गते , बिहिबार

सिफारिस

आज दशैंको तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा गरिँदै

प्रकाशित मिती : २०७८ अषोज २३ गते , शनिबार

बोलेरोको ठक्कर बाट एक पैदल यात्रीको मृत्यु

प्रकाशित मिती : २०७७ चैत्र २८ गते , शनिबार

हाँस्य कलाकार थापाको निधन

प्रकाशित मिती : २०७८ भाद्र ५ गते , शनिबार

उप-मेयरको सवारी खनारमा दुर्घटना

प्रकाशित मिती : २०७७ कात्तिक २० गते , बिहिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: