. बजारमा चिनीको अभाव छैन, तीन महिनालाई पुग्ने मौज्दात छ: मन्त्रालय::Online News
कात्तिक ८, २०७८ सोमबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

बजारमा चिनीको अभाव छैन, तीन महिनालाई पुग्ने मौज्दात छ: मन्त्रालय


१२ असोज, काठमाडौं ।

सरकारले बजारमा चिनीको अभाव नरहेको स्पष्ट पारेको छ । दशैंतिहार नजिकिँदै जाँदा बजारमा चिनीको अभाव भएको हल्ला चलेपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले तीन महिनालाई पुग्नेगरी मौज्दात रहेको स्पष्ट पारेको हो ।

बजार अनुगमन र सरोकारवालाको भूमिका विषयक अन्तर्क्रिरयामा उपभोक्ता अधिकार अनुसन्धान मञ्च अध्यक्ष माधव तिमिल्सिनाले चिनीजस्ता अतिआवश्यक खाद्य वस्तुको मूल्य बढ्यो भनेर हल्ला चलेको भन्दै प्रश्न उठाएपछि उद्योग मन्त्रालयका सचिव दिनेश भट्टराईले ३० हजार टन मौज्दात रहेको जवाफ दिए ।

‘चिनीको अभाव छैन । आधार, तथ्य र तथ्यांकले भन्छ । दशैंसम्म पुग्छ । तीन महिनालाई पुग्ने मौज्दात छ,’ उनले भने, ‘सरकार प्रतिबद्ध छ कुनै पनि वस्तु अभाव नहोस् । सहरमात्र होइन दुर्गममा पनि अभाव हुँदैन ।’

भन्सार विभागकाअनुसार यसपालि २ लाख १२ हजार टन चिनी आयात भएको तथ्यांक रहेको सचिव भट्टराईले बताए ।

नेपाल आफैं १ लाख ७० हजार टन उत्पादन गर्न सक्षम देखिएको उनको भनाइ थियो । उनका अनुसार नेपालमा वार्षिक २ लाख ५० हजार मेट्रिक टन माग छ ।

सरकारसँग वितरण हुने नुन र पेट्रोलियम पर्दाथबाहेक सबै बजारमा उलब्ध हुने र बजारले उपलब्ध गराउने उनको भनाइ थियो । ‘चाडपर्वमा कुनै ठाउँमा अभाव भए तुरून्तै आपूर्ति गरेर समाधान गर्छौं । बजारलाई स्वस्थ र बजारजस्तो बनाउँछौं,’ उनले भने ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

५३ किलो गाँजा सहित एक जना पक्राउ

प्रकाशित मिती : २०७८ कात्तिक ८ गते , सोमबार

बस दुर्घटनामा दुई जनाको ज्यान गएको छ ,६३ घाइते

प्रकाशित मिती : २०७८ कात्तिक ८ गते , सोमबार

ह्दयविदारक तस्बिरहरुमा एउटा साहाराविहीन सानो बाँदरको बच्चा

प्रकाशित मिती : २०७८ कात्तिक ८ गते , सोमबार

पहिरोले मुहान बिगारेपछि खानेपानीको हाहाकार

प्रकाशित मिती : २०७८ कात्तिक ७ गते , आइतबार

स्कुटी दुर्घटनाबाट चालकको मृत्यु

प्रकाशित मिती : २०७८ कात्तिक ६ गते , शनिबार

साताको लोकप्रिय

आजदेखि निषेधाज्ञामा थप कडाइ, उल्लङ्घन गरे कैद सजाय

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

आज थप १ हजार १ सय ५४ जना कोरोना सन्क्रमित

प्रकाशित मिती : २०७७ अषोज ५ गते , सोमबार

कोरोना भ्याक्सिन सर्बसाधारणमा लगाउन डब्लुएचओको अनुमति

प्रकाशित मिती : २०७७ अषोज १० गते , शनिबार

भोजपुरको आमचोकमा प्रहरी चौकी स्थापना

प्रकाशित मिती : २०७७ कात्तिक १४ गते , शुक्रबार

हाम्रो टिम

सम्पर्क

Follow us at: