. मल खरिद गर्न बजेट अभाव::Online News
माघ ९, २०७८ आइतबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव


२९ भदौ, काठमाडौं ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. कृष्ण आचार्यले रासायनिक मल खरिदका लागि बजेट अभाव भएको बताएका छन् ।

प्रतिनिधि सभाअन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा सोमबार भएको छलफलमा सचिव आचार्यले किसानका लागि करिब छ लाख मेट्रिक टन मल चाहिने, त्यसका लागि अहिले दिएको रकम पर्याप्त नरहेको जानकारी गराए । सरकारले चालु आर्थिक वर्ष २०७८÷०७९ का लागि दिएको रकमले साढे दुई लाख मेट्रिक टन मलमात्र आउने सचिव आचार्यले बताउनुभएको छलफलमा सहभागी कृषि सामग्री कम्पनी लिमिटेडका प्रमुख नेत्र भण्डारीले जानकारी दिए ।

नेपालमा बर्सेनि मलको अभाव किन हुन्छ भन्ने समितिका सदस्यले जिज्ञासा राखेपछि कृषि सचिव आचार्यले मलको अन्तर्राष्ट्रिय मूल्यमा वृद्धि तथा डलरको भाउमा उतारचढाव हुँदा मल आपूर्तिमा समस्या हुने गरेको बताए ।समितिले रासायनिक मलको आपूर्ति, सञ्चिती र वितरणको अवस्था र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको आव २०७७÷७८ को कार्यप्रगति र चालु आवको कार्ययोजनासम्बन्धमा छलफलका लागि कृषि मन्त्रालयका प्रतिनिधिलाई बोलाएको थियो ।

समितिले कृषि मन्त्रालयका सचिव आचार्यलगायत साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड र कृषि सामग्री कम्पनी लिमिटेडलाई हाल नेपालमा रासायनिक मल अवस्था, अभाव हुनुका कारण, आपूर्तिको अवस्थालगायतबारे विस्तृत जानकारी गराउन निर्देशन दिएको छ ।

कृषि सामग्री कम्पनी लिमिटेडका प्रवक्ता विष्णु पोखरेलका अनुसार अहिले नेपालसँग युरिया तीन हजार ३४५ मेट्रिकटन र डीएपी दुई हजार २३५ मेट्रिकटनमात्र रहेको छ । यो भदौ मसान्तम्मका लागि मात्र हो । अर्को मल अक्टोबरको पहिलो हप्तादेखि मात्र आउँछ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

साताको लोकप्रिय

आइतबार भोजपुरको कोरोना अपडेट

प्रकाशित मिती : २०७८ जेठ १६ गते , आइतबार

(who)ले दियो कोरोना भाइरसको अन्त्य हुने सन्केत

प्रकाशित मिती : २०७७ अषोज १ गते , बिहिबार

मोरङको उर्लाबारिमा राहत बितरण

प्रकाशित मिती : २०७८ जेठ २४ गते , सोमबार

सशस्त्र प्रहरी बलमा भर्ना खुल्यो ।

प्रकाशित मिती : २०७७ अषोज २४ गते , शनिबार

सिफारिस

भोजपुरमा निषेधाज्ञा हटाइयो कोरोना संक्रमण दरमा केही कमि आएन

प्रकाशित मिती : २०७८ श्रावण ८ गते , शुक्रबार

आज चन्द्र ग्रहण लाग्दै

प्रकाशित मिती : २०७८ जेठ १२ गते , बुधबार

सुनसरीका अग्रज पत्रकारको कोरोना संक्रमणका कारण मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

ममता अधिकारी (निरौला)को कविता- `बर्षा´

प्रकाशित मिती : २०७८ भाद्र २५ गते , शुक्रबार

हाम्रो टिम

सम्पर्क

Follow us at: