. मानसिक सन्तुलन गुमाएकी तीन दिनकी सुत्केरी र शिशुको उद्धार::Online News
माघ ६, २०७८ बिहिबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ भाद्र १६ गते , बुधबार

मानसिक सन्तुलन गुमाएकी तीन दिनकी सुत्केरी र शिशुको उद्धार


मानसिक सन्तुलन गुमाएकी तीन दिनकी सुत्केरी र शिशुको उद्धार गरिएको छ। जिल्लाका विभिन्न संघसंस्थाले ती महिलाको उद्धार गरेका हुन्।

सप्तरीको शम्भुनाथ नगरपालिकास्थित शम्भुनाथ मन्दिर वरपरमा माग्दै जिविकोपार्जन गरिरहेकी ती महिलाले तीन दिन अघि बेवारिसे अवस्थामा शिशुलाई जन्म दिएकी थिइन्।

आमा र शिशुको विषयमा सामाजिक सञ्जालबाट जानकारी पाएपछि सप्तरीका विभिन्न संघसंस्थाले उद्धार गरेर शिशुलाई गजेन्द्रनारायण सिंह अस्पताल पुर्‍याएका छन्।

अस्पतालमा शिशुको चेक जाँच भइरहेको छ। शिशुको अवस्था सामान्य भए पनि आमाको दूध खान नपाएर दिशापिसाव नभएको अस्पताल भित्रै रहेको एकद्वार संकट व्यवस्थापन केन्द्रकी मनिषा सिम्खडाले बताइन्। उनले आमाले केही भन्न नसक्ने र भाषा पनि नबुझ्ने जानकारी दिइन्।

स्थानीय एक महिलाले शिशुलाई जन्म दिए लगत्तै आमा र शिशुलाई उद्धारगरी आफ्नो घरमा राखेकी थिइन्। आमालाई शिशुको हेरचाह गर्नुपर्छ भन्ने थाहा नभएकाले शिशु बिरामी पर्ने संभावना देखेपछि घटनाको बिषयमा स्थानीयले सामाजिक सञ्जालमा राखेका थिए।

आमा र शिशुलाई कसरी व्यवस्थापन गर्ने बिषयमा छलफल भइरहेको जिल्ला प्रशान कार्यालय सप्तरीले जनाएको छ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

साताको लोकप्रिय

सिङ्गो गाउँनै जोखिममा दुई दर्जनभन्दा बढी घर भत्कियो

प्रकाशित मिती : २०७७ अषोज ११ गते , आइतबार

बिबाहले कोरोना फैलिदै बेहुला र बेहुलाकी आमाको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ ८ गते , शनिबार

भोजपुर नगरपालिका -४ दावामा ६२ वर्षे वृद्ध मकै बारिमा मृत फेला

प्रकाशित मिती : २०७८ बैसाख ३१ गते , शुक्रबार

बादरलाई थापेको पासोमा परि एक जनाएको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ २७ गते , बिहिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: