. विद्यार्थी परिषदद्वारा गोरखाका एक सय घर बाढी पहिरो पिडितलाई राहत वितरण::Online News
माघ ११, २०७८ मंगलबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ भाद्र १६ गते , बुधबार

विद्यार्थी परिषदद्वारा गोरखाका एक सय घर बाढी पहिरो पिडितलाई राहत वितरण


काठमाण्डौं । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले गोरखाका बाढी पहिरो प्रभावितलाई राहत वितरण गरेको छ । परिषद्ले गोरखाको पालुङटार नगरपालिकाका विभिन्न स्थानका एक सय परिवारलाई राहत सामाग्री हस्तान्तरण गरेको छ ।

उक्त स्थानमा एक सय थान सुबिधा सम्पन्न टेन्ट, एक सय थान प्लाष्टिक सिट्स, ६ सय ७० थान स्लिपिङ म्याट्स र एक सय प्याकेज औषधी वितरण गरेको परिषद्ले जनाएको छ ।

उक्त राहत सामग्री भारतीय जनता र सरकारले प्राज्ञिक विद्यार्थी परिषद नेपाललाई बाढी पहिरो प्रभावित परिवारलाई वितरण गर्नका लागि उपलब्ध गराएको थियो । अन्य बाढी पहिरो प्रभावित जिल्ला पनि राहत वितरण गर्ने परिषदका राष्ट्रिय महासचिव छितराज न्यौपानेले जानकारी दिए ।

मंगलबार पालुङटारमा सम्पन्न उक्त राहत सामग्री वितरण कार्यक्रममा प्राज्ञिक विद्यार्थी परिषद नेपालका राष्ट्रिय अध्यक्ष डा. गोपिनाथ कंडेल, राष्ट्रिय सह संगठन सचिव रमेश कंडेल, राष्ट्रिय महासचिव छितराज न्यौपाने, पालुङटार नगरपालिकाका प्रमुख दीपक बाबु कंडेल, प्रहरी निरीक्षक सोम दास ढकाल लगायत बाढी पहिरोबाट प्रभावित परिवारको उपस्थिति रहेको थियोे ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

साताको लोकप्रिय

पर्यटकको आकर्षक केन्द्र बन्दै च्याङ्ग्रे पोखरी

प्रकाशित मिती : २०७८ जेठ १७ गते , सोमबार

धनकुटामा ९१ बर्षकी वृद्धाको कोरोना संक्रमण बाट मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १३ गते , बिहिबार

सिफारिस

भोजपुरका एक युवक मलेसियामा मृत् फेला

प्रकाशित मिती : २०७८ श्रावण १६ गते , शनिबार

प्रदेश नम्बर १ मा आज ७९९ जनामा कोरोना पुष्टि

प्रकाशित मिती : २०७८ बैसाख २३ गते , बिहिबार

आज संक्रमण दर भन्दा संक्रमण मुक्त हुनेको संख्या बढी

प्रकाशित मिती : २०७८ जेठ १३ गते , बिहिबार

प्रदेश नम्बर १ मा हाल सम्मकै बढी कोरोना संक्रमीत

प्रकाशित मिती : २०७८ जेठ ५ गते , बुधबार

बलिउड अभिनेता अमिताभ बच्चन नेपाल आउदै

प्रकाशित मिती : २०७८ भाद्र १८ गते , शुक्रबार

हाम्रो टिम

सम्पर्क

Follow us at: