. विश्वकपको छनोट खेलमा पोर्चुगलद्वारा आयरल्यान्डमाथि २–१ गोलको जित, रोनाल्डो एक्लैको २ गोल::Online News
अषोज १, २०७८ शुक्रबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ भाद्र १७ गते , बिहिबार

विश्वकपको छनोट खेलमा पोर्चुगलद्वारा आयरल्यान्डमाथि २–१ गोलको जित, रोनाल्डो एक्लैको २ गोल


सन् २०२२ मा कतारमा हुने विश्वकपको छनोट खेलमा पोर्चुगलले आयरल्यान्डमाथि जित निकालेको छ । बुधबार राति विश्वकपको युरापियन छनोटतर्फ पोर्चुगलले आयरल्यान्डमाथि २–१ गोलको जित निकालेको हो ।

पोर्चुगलस्थित स्टेडियो अलगाब्रेमा घरेलु टिमको जितमा कप्तान क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे । आयरल्यान्डका जोन इगानले एक गोल गरे ।

खेलको १५औँ मिनेटमा कप्तान रोनाल्डोले पेनाल्टीमा अग्रता दिलाउने अवसर पाएपनि त्यसलाई सदुपयोग गर्न सकेनन् । पेनाल्टी क्षेत्रभित्र जेफ हेन्डरिकले ब्रुनो फर्नान्डेसलाई लडाएपछि रेफ्रीले भिएआरको सहायता लिँदै पेनाल्टी दिएका थिए ।

खेलको ४५औँ मिनेटमा इगानले गोल गर्दै आयरल्यान्डलाई सुरुआती अग्रता दिलाएका थिए । तर खेलको अन्त्यतिर रोनाल्डोले दुई गोल गरे । खेलको ८९औँ मिनेटमा गोल गर्दै रोनाल्डोले पोर्चुगललाई खेलमा फर्काए । इन्ज्युरी समयमा दोस्रो गोल गर्दै उनले पोर्चुगलको जित सुनिश्चित गरे ।

यी दुई गोलसँगै रोनाल्डो अन्तर्राष्ट्रिय खेलमा सर्वाधिक गोलकर्ता बने । यी दुई गोलसँगै उनले राष्ट्रिय टोलीका लागि एक सय ११औँ गोल गरे । रोनाल्डोले एक सय ८० खेल खेलेका छन् ।

उनले इरानका अली दाईलाई दुई गोलले उछिने । सन् १९९३ देखि २००६ बीच इरानका अली दाइले कीर्तिमानी एक सय नौ गोल गरेका थिए ।

यता, पोर्चुगलले जितसँगै चार खेलमा १० अङ्क जोडेको छ । पोर्चुगल समूह ‘ए’को शीर्ष स्थानमा छ । अङ्कविहीन आयरल्यान्ड चौथो स्थानमा छ । उसले तीन खेल खेलेको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

नेपाललाई अष्ट्रेलियाले ७० लाख डलर दिने

प्रकाशित मिती : २०७८ जेठ १५ गते , शनिबार

एन्टिजोन प्रबिधिबाट अब २ हजारमै कोरोना भए नभएको पुष्टि गरिने

प्रकाशित मिती : २०७७ भाद्र २८ गते , आइतबार

भोजपुरको प्रहरी चैकिमै फैलियो कोरोना

प्रकाशित मिती : २०७७ भाद्र ३१ गते , बुधबार

प्रभु बैंकले कोरोना प्रभावितलाई ५ प्रतिशतमा कर्जा दिने

प्रकाशित मिती : २०७७ अषोज ६ गते , मंगलबार

सिफारिस

बालिका अपहरण गर्ने एक आरोपी जेल चलान

प्रकाशित मिती : २०७८ असार १६ गते , बुधबार

भोजपुरमा श्रीमतिको हत्या पछि आफैले गरे आत्मा हत्या

प्रकाशित मिती : २०७८ भाद्र १२ गते , शनिबार

धनकुटाको रुद्रबारिबा २ वटा बस एक आपसमा ठोकिदा ७ जना घाइते

प्रकाशित मिती : २०७८ बैसाख १६ गते , बिहिबार

आम माफी भयो आउनुहोस् पाटी एकता गरौ :ओलि

प्रकाशित मिती : २०७८ श्रावण ८ गते , शुक्रबार

हाम्रो टिम

सम्पर्क

Follow us at: