. वैदेशिक रोजगारी क्षेत्र विस्तारै सामान्य अवस्थामा फर्किँदै::Online News
कात्तिक ८, २०७८ सोमबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

वैदेशिक रोजगारी क्षेत्र विस्तारै सामान्य अवस्थामा फर्किँदै


काठमाडाैँ 

कोरोनाका कारण निकै प्रभावित वैदेशिक रोजगारी क्षेत्र विस्तारै सामान्य अवस्थामा फर्कन लागेको देखिएको छ । कोरोना महामारी शुरू भएपछि वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको संख्या ह्वात्तै घटेको थियो । तर, पछिल्लो समय वैदेशिक रोजगारीमा जाने कामदारको संख्या बढ्दै गएको छ ।

वैदेशिक रोजगार विभागबाट प्राप्त तथ्यांकले यस्तो देखाएको हो । तथ्यांकअनुसार गत असारदेखि नै वैदेशिक रोजगारीमा जाने कामदारको संख्या बढ्दै गएको देखिएको छ । गत असारमा २० हजार ६५८ जना नेपाली वैदेशिक रोजगारीमा गएका छन् । साउनमा २५ हजार ४२८ र भदौमा ३६ हजार ४० जना नेपाली वैदेशिक रोजगारीमा गएको तथ्यांकले देखाएको छ । यसरी वैदेशिक रोजगारीमा जाने कामदारको संख्या सामान्य अवस्थामा जसरी नै बढ्दै गएको पुष्टि भएको छ ।

सामान्य अवस्थामा नेपालबाट वैदेशिक रोजगारीमा मासिक ३० हजारभन्दा बढी कामदार जाने गरेको विभागको विगतका तथ्यांकले देखाएको छ । गत जेठमा ४ हजार ८६ जना नेपाली मात्र वैदेशिक रोजगारीमा गएका थिए ।

नेपालमा कोरोना महामारी शुरू भएपछि वैदेशिक रोजगारीमा जाने कामदारको संख्या ह्वात्तै घटेको थियो । सरकारले २०७६ फागुनको अन्तिम साता श्रमस्वीकृति दिन स्थगित नै गरेको थियो । २०७७ असारदेखि श्रमस्वीकृति दिन शुरू गरे पनि नगण्य मात्रामा नेपाली कामदार विदेश गइरहेका थिए ।

कोरोना नियन्त्रण गर्न विश्वव्यापी रूपमा लगाइएको बन्दाबन्दी, श्रमगन्तव्य मुलुकमा भएको आर्थिक संकट, रोजगारदाता कम्पनीमा परेको असरका कारण विदेशिने कामदारको संख्या ह्वात्तै घटेको थियो । तर, पछिल्लो समय वैदेशिक रोजगार क्षेत्र सामान्य अवस्थामा आएको वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजित श्रेष्ठले बताए ।, यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

५३ किलो गाँजा सहित एक जना पक्राउ

प्रकाशित मिती : २०७८ कात्तिक ८ गते , सोमबार

बस दुर्घटनामा दुई जनाको ज्यान गएको छ ,६३ घाइते

प्रकाशित मिती : २०७८ कात्तिक ८ गते , सोमबार

ह्दयविदारक तस्बिरहरुमा एउटा साहाराविहीन सानो बाँदरको बच्चा

प्रकाशित मिती : २०७८ कात्तिक ८ गते , सोमबार

पहिरोले मुहान बिगारेपछि खानेपानीको हाहाकार

प्रकाशित मिती : २०७८ कात्तिक ७ गते , आइतबार

स्कुटी दुर्घटनाबाट चालकको मृत्यु

प्रकाशित मिती : २०७८ कात्तिक ६ गते , शनिबार

साताको लोकप्रिय

ह्वात्तै घट्यो सुनको मुल्य

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

असोज १ गते बाट सार्बजनिक बस सन्चालन

प्रकाशित मिती : २०७७ भाद्र २३ गते , मंगलबार

जनतालाई कोरोनाको खोपको खाली शिसी र हावा मात्र (कोरोना कथा)

प्रकाशित मिती : २०७८ जेठ २१ गते , शुक्रबार

सिङ्गो गाउँनै जोखिममा दुई दर्जनभन्दा बढी घर भत्कियो

प्रकाशित मिती : २०७७ अषोज ११ गते , आइतबार

सिफारिस

निर्दोष बालबालिका माथी अत्याचार र अन्याय विरुद्धको सुभकामना

प्रकाशित मिती : २०७८ जेठ २१ गते , शुक्रबार

प्रदेश १ मा थपिए ७२५ जना कोरोना संक्रमित

प्रकाशित मिती : २०७८ बैसाख २४ गते , शुक्रबार

मादी हत्या प्रकरण : घटनास्थलमा १५ तोला सुन र तीन लाख भेटियो

प्रकाशित मिती : २०७८ भाद्र २३ गते , बुधबार

हाम्रो टिम

सम्पर्क

Follow us at: