. संखुवासभामा धारिलो हत्यार प्रहार गरि एकै परिवारका ६ जनाको मृत्यु::Online News
अषोज ६, २०७८ बुधबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ भाद्र २१ गते , सोमबार

संखुवासभामा धारिलो हत्यार प्रहार गरि एकै परिवारका ६ जनाको मृत्यु


संखुवासभा, भदौ २१ । संखुवासभामा अज्ञात समुहद्वारा एकै परिवारका ६ जनाको हत्या भएको छ । जिल्लाको मादी नगरपालिका-१, खोला गाउँका तेजबहादुर कार्की परिवारको अज्ञात समूहद्वारा बंश नै नास गरिएको हो ।

धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा परिवारका सबै जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले खाँदबारीले जनाएको छ ।

हत्या गरिएकामा ५८ वर्षीया तेजबहादुर कार्की, उनकी आमा ८० वर्षीया पार्वता कार्की, श्रीमती ५६ वर्षीया मनमाया कार्की, २८ वर्षीया बुहारी रञ्जना कार्की, १० वर्षीय नाती दिपक कार्की र ५ वर्षीया नातिनी गोमा कार्की रहेका छन् । सबैको धारिलो हतियार प्रयोग गरि हत्या गरिएको प्रारम्भीक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ ।

विहान अबेरसम्म घरको दैलो नखुलेपछि छिमेकिले तेजबहादुरलाई बाहिरबाट बोलाएका थिए । तर, भित्रबाट कुनै प्रतिक्रिया नआएपछि अबेर गरि छिमेकीले प्रहरीलाई जानकारी गराएका थिए । हाल प्रहरीले घटनास्थललाई सुरक्षित राखेर अनुसन्धान अगाडी बढाएको छ । रिपोर्टस नेपाल बाट साभार


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

नो भ्याकसिन, नो कर , नो भोट – ज्ञानेन्द्र शाही

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

दशै अधिनै बिध्यालयले पहिलो त्रैमासिक परीक्षा गर्ने तयारि

प्रकाशित मिती : २०७७ अषोज ५ गते , सोमबार

औषधि व्यावसायि माथी गोलि प्रहार

प्रकाशित मिती : २०७८ जेठ २३ गते , आइतबार

प्रदेश १ को कोरोना सम्बन्धि सम्पुर्ण विवरण

प्रकाशित मिती : २०७७ अषोज ९ गते , शुक्रबार

सवारी दुर्घटनामा १ को मृत्यु

प्रकाशित मिती : २०७७ कात्तिक १२ गते , बुधबार

सिफारिस

बुधबार भोजपुरमा थपिए २४ जना कोरोना संक्रमित

प्रकाशित मिती : २०७८ असार २ गते , बुधबार

धारिलो हतियार प्रयोग गरि एक युवाको हत्या

प्रकाशित मिती : २०७८ जेठ २३ गते , आइतबार

हाम्रो टिम

सम्पर्क

Follow us at: