. आज दशैंको तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा गरिँदै::Online News
कात्तिक ८, २०७८ सोमबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ अषोज २३ गते , शनिबार

आज दशैंको तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा गरिँदै


२३ असाेज, काठमाडाैँ ।

बडादशैंको तेस्रो दिन आज नवदुर्गाका नौवटा रूपमध्ये चन्द्रघण्टा भगवतीको भक्तिभावका साथ पूजा गरिदैं छ । घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा छ । जसअनुसार आज तेस्रो दिन चन्द्रघण्टा स्वरुपा भगवतीको पूजा गरिदैं छ ।

उनलाई सुन जस्तो पहेंलो शरीर र दस वटा हात भएकी देवी भनेर देवी भागवतमा उल्लेख छ। हतमा त्रिशूल, गदा, तरबार, कमण्डलु, धनुबाण, कमलपुष्प, अक्षमाला धारण गरी वरद तथा अभय मुद्रा प्रदर्शित गरेकी देवी चन्द्रघण्टाको वाहन बाघ मानिएको छ। चन्द्रघण्टाको उपासना गर्नाले सिंह या बाघको जस्तै पराक्रम तथा निडर हुनुका साथै सद्गुण, वीरता तथा विनम्रताको विकास भई शरीरमा कान्ति र गुणको वृद्धि हुने बताइएको छ। भयनाश, दुष्ट प्रवृत्तिको नाश र आध्यात्मिक तथा आत्मिक शान्तिका लागि चन्द्रघण्टा देवीको आराधना गरिन्छ । विधिपूर्वक आराधना गर्नाले काममा आइपर्ने बाधा व्यवधान हट्ने पनि विश्वास गरिन्छ ।

शास्त्रमा उल्लेख भए अनुसार यस दिन पनि पहिलो दिनजस्तै नित्यपूजा गरेर विशेष रूपमा चन्द्रघण्टाको पूजाआराधना गरी चण्डीपाठ, कुमारी पूजा तथा हवन गर्नुपर्ने  छ। चन्द्रघण्टालाई खुसीपारी कार्यसिद्ध गर्न ‘ॐ ऐं ह्रीं क्लीं चन्द्रघण्टायै नमः’मन्त्र १०८ पटक जप्नुपर्ने मान्यता रहेको छ। देवीको मस्तिकमा घण्टीको आकार जस्तै अर्धचन्द्र भएकाले चन्द्रघण्टा नाम रहनगएको धार्मिक विश्वास छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

५३ किलो गाँजा सहित एक जना पक्राउ

प्रकाशित मिती : २०७८ कात्तिक ८ गते , सोमबार

बस दुर्घटनामा दुई जनाको ज्यान गएको छ ,६३ घाइते

प्रकाशित मिती : २०७८ कात्तिक ८ गते , सोमबार

ह्दयविदारक तस्बिरहरुमा एउटा साहाराविहीन सानो बाँदरको बच्चा

प्रकाशित मिती : २०७८ कात्तिक ८ गते , सोमबार

पहिरोले मुहान बिगारेपछि खानेपानीको हाहाकार

प्रकाशित मिती : २०७८ कात्तिक ७ गते , आइतबार

स्कुटी दुर्घटनाबाट चालकको मृत्यु

प्रकाशित मिती : २०७८ कात्तिक ६ गते , शनिबार

साताको लोकप्रिय

शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण

प्रकाशित मिती : २०७८ जेठ १५ गते , शनिबार

असोज दोश्रो साता देखि आन्तरिकतर्फको उडान खोल्ने तयारि

प्रकाशित मिती : २०७७ भाद्र २९ गते , सोमबार

एक करोड माथिको खानेपानीको योजना सप्पन्न

प्रकाशित मिती : २०७७ भाद्र ३१ गते , बुधबार

बिध्यालय शिक्षाका लागि आकस्मिक नयाँ अबधारणा

प्रकाशित मिती : २०७७ अषोज ७ गते , बुधबार

भोजपुर कसरी खुकुरीको लागि प्रसिद्ध जिल्ला भयो ? पूरा पढनुहाेस

प्रकाशित मिती : २०७७ अषोज २३ गते , शुक्रबार

हाम्रो टिम

सम्पर्क

Follow us at: