. कात्तिक ७ र ८ गते बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने::Online News
मंसिर १२, २०७८ आइतबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ कात्तिक ६ गते , शनिबार

कात्तिक ७ र ८ गते बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने


६ कात्तिक: बैतडीका २४ हजार बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने भएको छ । कात्तिक ७ र ८ गते सञ्चालन हुने राष्ट्रिय कार्यक्रमअनुसार जिल्लाका २३ हजार ८९४ बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउने कार्यक्रम रहेको स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी हरिशप्रसाद भट्टले जानकारी दिए ।

यस्तै २१ हजार ५४ बालबालिकालाई जुकाको औषधि खुवाइने कार्यक्रम रहेको छ । छदेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’, एकदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइनेछ । जसका लागि केन्द्रमा ८३१ महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिने स्वास्थ्य कार्यालयले जनाएको छ ।

सरकारले प्रत्येक वर्ष दुई चरणमा बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै आएको छ । स्थानीय तहले प्रत्येक वडामा तोकेका खोप केन्द्रमा लगेर आफ्ना बालबालिकालाई भिटामिन ‘ए’, जुकाको औषधि खुवाउन अनुरोध गरिएको छ । सधैँ कात्तिक ३ र ४ गते भिटामिन ‘ए’ खुवाउँदै आएकामा दसैँ परेकाले कात्तिक ७ र ८ गते खुवाउन लागिएको हो ।

छ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि सरकारले विसं २०५० बाट भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै आएको छ । जुकाको औषधि विसं २०५६ बाट खुवाउन थालिएको हो ।

भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन लैजाँदा अभिभावकलाई कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरिएको छ । वितरण केन्द्रमा भीडभाड नगर्न, एक व्यक्ति र अर्को व्यक्तिबीच कम्तीमा दुई मिटरको भौतिक दूरी कायम गर्न, आफ्नो र बालबालिकाको सुरक्षाका लागि अनिवार्यरूपमा मास्कको सही तरिकाले प्रयोग गर्न र साबुनपानीले पटक–पटक हात धुन र स्यानिटाइजरको प्रयोग गर्न स्वास्थ्य कार्यालयको आग्रह रहेको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

साताको लोकप्रिय

हालसम्म ८ सय १३ जना पत्रकार कोरोना संक्रमित

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

सुरक्षाकर्मिमा बढ्दो कोरना संक्रमण

प्रकाशित मिती : २०७७ भाद्र २४ गते , बुधबार

उप-मेयरको सवारी खनारमा दुर्घटना

प्रकाशित मिती : २०७७ कात्तिक २० गते , बिहिबार

सिफारिस

पुलिक बेच्न हिडेका ३ जना पक्राउ

प्रकाशित मिती : २०७८ श्रावण ८ गते , शुक्रबार

राष्ट्रपति भण्डारीको जन्मस्थलोमा खानेपानीको हाहाकार

प्रकाशित मिती : २०७८ बैसाख १३ गते , सोमबार

बादरलाई थापेको पासोमा परि एक जनाएको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ २७ गते , बिहिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: