. दसैं मनाउन घर फर्किए परदेशी::Online News
कात्तिक ८, २०७८ सोमबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ अषोज २१ गते , बिहिबार

दसैं मनाउन घर फर्किए परदेशी


नेपालगञ्ज: दैलेख ठाँटीकाँधका तपेन्द्र बडुवाल दसैं मनाउन भारतबाट घर फर्केका छन् । उनी भारतको हिमाञ्चल प्रदेशको मनिकरनमा स्याउ टिप्न गएका थिए ।

नेपालगन्जको सीमा नाका जमुनाहामा एन्टिजिनबाट कोरोना परीक्षणका लागि लाइनमा भेटिएका बडुवालले भने, ‘५० दिनमा २५ हजार भारु (नेपाली ४० हजार) कमाइ भयो । दसैं मनाउन घर फर्केको छु । दसैं–तिहार मानेर फेरि भारत जान्छु ।’ स्याउ टिपेबापत उनलाई दैनिक पाँच सय भारु मिल्थ्यो । खान बस्न साहूले नै व्यवस्था गरेको थियो ।

भारतको गुजरातस्थित होटलमा काम गरेर घर फर्कदै गरेका दैलेखको महाबु गाउँपालिका रानीवनका रणबहादुर सुनार पनि ३ दिनको यात्रापछि नेपालगन्ज पुगे । पाँचौं दिन उनी घर पुग्नेछन् । भारतमा धेरै कोरोना संक्रमण भएको राज्यमा रहँदाको उनले अनुभव सुनाए, ‘कोरोनाबाट मृत्यु भएकाहरूको लास पोल्ने ठाउँ पनि थिएन । भर्खरै गएको थिए । कोरोनाले होटल बन्द भइहाल्यो । घर फर्कने पैसा पनि भएन । कोरोना निकै घटेपछि घर फर्कन पाइयो ।’

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम विभिन्न जिल्लामा घर भएका कालीपारे (भारतमा कमाउन गएका) परदेशीहरू फर्कनेहरूको सीमा नाका जमुनाहामा घुइँचो लाग्न थालेको छ । इलाका प्रहरी कार्यालय जमुनाहाका इन्चार्ज सई मीनबहादुर विष्टका अनुसार सोमबार १ हजार ७ सय जना नेपाली घर फर्केका छन् । यो एन्टिजिनबाट कोरोना परीक्षण गराउनेको मात्र रेकर्ड हो । इन्चार्ज विष्टले प्रष्ट पारे, ‘सोह्र श्राद्ध सकिएपछि दसैंको नवमीसम्म अहिले आएको भन्दा झन्डै ५ गुणा बढी नेपाली स्वदेश फर्केछन् ।’
‘चाडपर्व नजिकिएकाले नेपालबाट भारतीय बजारमा उपभोग्य वस्तु खरिद गर्न जानेको संख्या अत्याधिक बढेको छ । कामका सिलसिलामा भारत पुगेकाहरू पनि चाडपर्व मनाउनलाई घर फर्कन थालेका छन्,’ उनले भने, ‘एक दिनमा १५ हजारभन्दा बढीको आवतजावत हुने गरेको छ । बढ्दो चहलपहलसँगै कोरोना संक्रमणलाई ख्याल गर्नुपर्छ भनेर प्रशासन चनाखो भएर लागेको छ ।’,याे समाचार अन्नपूर्ण पोष्ट दैनिकमा छापिएकाे छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

५३ किलो गाँजा सहित एक जना पक्राउ

प्रकाशित मिती : २०७८ कात्तिक ८ गते , सोमबार

बस दुर्घटनामा दुई जनाको ज्यान गएको छ ,६३ घाइते

प्रकाशित मिती : २०७८ कात्तिक ८ गते , सोमबार

ह्दयविदारक तस्बिरहरुमा एउटा साहाराविहीन सानो बाँदरको बच्चा

प्रकाशित मिती : २०७८ कात्तिक ८ गते , सोमबार

पहिरोले मुहान बिगारेपछि खानेपानीको हाहाकार

प्रकाशित मिती : २०७८ कात्तिक ७ गते , आइतबार

स्कुटी दुर्घटनाबाट चालकको मृत्यु

प्रकाशित मिती : २०७८ कात्तिक ६ गते , शनिबार

साताको लोकप्रिय

भारतीय कारखानामा आगलागी ठूलो मानवीय क्षेती

प्रकाशित मिती : २०७८ जेठ २५ गते , मंगलबार

७९ बर्षका बृद्वको हत्या गरिएको ठाउमा २ कुकुर परिचालन

प्रकाशित मिती : २०७८ जेठ ३० गते , आइतबार

असुरक्षित नारी -कविता

प्रकाशित मिती : २०७८ असार ४ गते , शुक्रबार

बाख्रा चराउन गएका बालक भिर बाट लडेर मृत्यु

प्रकाशित मिती : २०७८ असार २१ गते , सोमबार

सिफारिस

आज नेपालमा २ चोटि भुकम्प गएको छ

प्रकाशित मिती : २०७८ बैसाख १५ गते , बुधबार

एसईईका लागि परीक्षा आवेदन फाराम खुल्यो

प्रकाशित मिती : २०७८ अषोज १५ गते , शुक्रबार

काभ्रे केन्द्र बिन्दु भएर आज बिहान् १०:०५ मा भुकम्प गयो ।

प्रकाशित मिती : २०७७ चैत्र ५ गते , बिहिबार

एक करोडको बिमा गरेको एक महिना नबित्दै गयो ज्यान

प्रकाशित मिती : २०७७ अषोज २६ गते , सोमबार

हाम्रो टिम

सम्पर्क

Follow us at: