. पहिरोले मुहान बिगारेपछि खानेपानीको हाहाकार::Online News
मंसिर १२, २०७८ आइतबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ कात्तिक ७ गते , आइतबार

पहिरोले मुहान बिगारेपछि खानेपानीको हाहाकार


पहिरोले मुहान बिगारेपछि फिदिम बजारमा तीन दिनयता खानेपानीको हाहाकार भएको छ। कात्तिक १ गतेदेखि ३ गतेसम्मको अविरल वर्षातपछिको पहिरोले खानेपानीका मुहान भत्काएको हो। मुहान भत्केपछि कार्तिक ३ गतेदेखि बजारमा पानीको आपूर्ति ठप्प छ।

 

मुहान बगेपछि फिदिम नगरपालिका १, २ र ४ नम्बर वडामा पानीको हाहाकार भएको हो। फिदिम खानेपानी तथा सरसफाई समितिको अध्यक्ष समेत रहेका फिदिम १ का वडाध्यक्ष गजाधर भट्टराईका अनुसार पहिरोले मुहानका सबै संरचना भत्काएको छ।

 

‘रानीटार र लुङरुपाको बीचमा रहेको आप्तुवा खोलाको मुहान सुचारु गर्न एक हप्ता लाग्न सक्छ’, भट्टराईले भने, ‘अन्य मुहानहरु शनिबार बेलुकासम्म सुचारु गर्ने गरी काम गरिरहेका छौँ।’

 

नाम्दु, बर्मेली र सिस्ने मुहानलाई शनिबार बेलुकासम्ममा सूचारु गर्ने तयारी छ। तीन ओटा मुहान सूचार गरेपछि आइतबार बिहानदेखि कम मात्रामा भए पनि पानी वितरण गर्न सकिने भट्टराईले बताए।

 

पहिरोले मुहान क्षेत्रका सबै संरचनामा क्षति पुर्‍याएको हो। पानी सूचारु गर्न नेपाली सेनाको सहयोगमा कामलाई तीव्रता दिइएको उपभोत्ता समितिले जनाएको छ।

 

 


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

साताको लोकप्रिय

नो भ्याकसिन, नो कर , नो भोट – ज्ञानेन्द्र शाही

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

दशै अधिनै बिध्यालयले पहिलो त्रैमासिक परीक्षा गर्ने तयारि

प्रकाशित मिती : २०७७ अषोज ५ गते , सोमबार

औषधि व्यावसायि माथी गोलि प्रहार

प्रकाशित मिती : २०७८ जेठ २३ गते , आइतबार

प्रदेश १ को कोरोना सम्बन्धि सम्पुर्ण विवरण

प्रकाशित मिती : २०७७ अषोज ९ गते , शुक्रबार

सवारी दुर्घटनामा १ को मृत्यु

प्रकाशित मिती : २०७७ कात्तिक १२ गते , बुधबार

सिफारिस

भोजपुरमा फौजी किराले मकै वारि सखाप किसानहरु चिन्ताजनक

प्रकाशित मिती : २०७८ जेठ ९ गते , आइतबार

मोरङमा आगलागीबाट १ घर जलेर पुर्णरुपमा नष्ट

प्रकाशित मिती : २०७७ पुष १८ गते , शनिबार

के दशैंमा इन्धन अभाव हुन्छ, कति छ मौज्दात ?

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

नेपालबाट चार देशका लागि नियमित उडान खुला

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

लागू औषध अफिम सहित संखुवासभाका एक बृद्व पक्राउ

प्रकाशित मिती : २०७८ श्रावण ३० गते , शनिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: