. भोजपुरको रामप्रसादराई गाउँपालिका–३ भुल्के उज्यालो वडा घोषणा::Online News
मंसिर १२, २०७८ आइतबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ कात्तिक १३ गते , शनिबार

भोजपुरको रामप्रसादराई गाउँपालिका–३ भुल्के उज्यालो वडा घोषणा


भोजपुरको रामप्रसादराई गाउँपालिका–३ भुल्के उज्यालो वडा घोषणा भएको छ ।   वडाभित्र रहेका पाँच सयभन्दा बढी घरधुरीमा विद्युत् सेवा जडान भएपछि भुल्के उज्यालो वडा घोषणा गरिएको हो ।

सङ्घीय सांसद सुदन किराँतीले विद्युत्को स्विच बालेर भुल्केलाई उज्यालो वडा घोषणा गरेका थिए । जिल्लाभरिमा करिब ६० प्रतिशत विद्युत् बलेको अवस्थामा भुल्केका सबै वडामा विद्युत् पुग्नुले विकासमा वडाले एउटा फट्को मारेको सङ्घीय सांसद किराँतीले बताए । भुल्केमा बन्न लागेको पाँच शय्याको स्वास्थ्य चौकी भवनबाट प्रभावकारी सेवा दिन सकिनेसमेत सांसद किराँतीले बताए ।

सोक्रममा सांसद किराँतीले भुल्केमा बन्न लागेको स्वास्थ्य चौकी भवनको शिलान्यास र वडा कार्यालय प्रवेशद्वारको समेत उद्घाटन गरेका थिए । रामप्रसादराई गाउँपालिका उपाध्यक्ष सम्झना राईले भुल्के विकास निर्माणमा अगाडि बढेको बताउँदै विकास निर्माणका कार्यहरू तोकिएको समयमा नै पूरा गर्न गाउँपालिका लागिपरेको बताइन् । पालिकाभित्रको विकासमा गाउँपालिका सधैँ लागिपर्ने उपाध्यक्ष राईको भनाइ रहेको छ ।

आगामी दुई वर्षभित्र जिल्लाका सबै घरधुरीमा विद्युत् पु¥याउने लक्ष्य नेपाल विद्युत् प्राधिकरणको रहेको भन्दै नेपाल विद्युत् प्राधिकरण भोजपुर वितरण केन्द्रका प्रशासन प्रमुख विन्देश्वर पाठकले भुल्केका सबै घरमा विद्युत् सुबिधा पुगेकाले नमुना वडा बनाउनका लागि पूर्वाधार बनेको बताए ।

वडाध्यक्ष डिकमान राईले भुल्केका स्थानीयको चाहना वडालाई नुमना बनाउने रहेकाले सोहीअनुसार आफूहरू पनि लागिपरेको बताए । वडाभित्रका सबै घरमा विद्युत् पुगेर उपयोग गर्न पाएकोमा स्थानीयसमेत हर्षित देखिएका थिए ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

साताको लोकप्रिय

आजदेखि निषेधाज्ञामा थप कडाइ, उल्लङ्घन गरे कैद सजाय

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

आज थप १ हजार १ सय ५४ जना कोरोना सन्क्रमित

प्रकाशित मिती : २०७७ अषोज ५ गते , सोमबार

कोरोना भ्याक्सिन सर्बसाधारणमा लगाउन डब्लुएचओको अनुमति

प्रकाशित मिती : २०७७ अषोज १० गते , शनिबार

भोजपुरको आमचोकमा प्रहरी चौकी स्थापना

प्रकाशित मिती : २०७७ कात्तिक १४ गते , शुक्रबार

सिफारिस

सामाजिक बिषय माध्यमिक तृतिय करार श्रेणीमा दरबन्दी खुल्ला

प्रकाशित मिती : २०७७ मंसिर १७ गते , बुधबार

होलि खेल्ने क्रममा ग्याङ फाइट हुदा २ जनाको मृत्यु

प्रकाशित मिती : २०७७ चैत्र १६ गते , सोमबार

नेपाल र भारत आज भिड्दै , कस्ले मार्ला त बाजी ??

प्रकाशित मिती : २०७८ भाद्र १७ गते , बिहिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: