. भोजपुर जानेक्रममा ५४ वर्षीय पत्रकार किसन राईको भीर’बाट ल’डे’र मृ’त्यु::Online News
मंसिर १२, २०७८ आइतबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ कात्तिक ९ गते , मंगलबार

भोजपुर जानेक्रममा ५४ वर्षीय पत्रकार किसन राईको भीर’बाट ल’डे’र मृ’त्यु


twitter sharing button
pinterest sharing button

हङकङमा बसेर पत्रकारिता गरिरहेका ५४ वर्षीय पत्रकार किसन राईको भीर’बाट ल’डे’र मृ’त्यु भए’को छ ।

काठमाडाैंबाट मध्यपहाडी लोकमार्ग हुँदै भोजपुर जानेक्रममा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-८ दोर्पाचिउरीडाँडास्थित पंखु खोलामा आइतबार साँझ भी’र’बाट ल’डे’र पत्रकार राई’को मृ’त्यु भए’को हो ।

गाडी रोकेर दि’सा’पिसा’ब गर्न भन्दै पाखामा जानेक्रममा भीर’बाट ल डे’र पत्रकार राई’को मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सागर शाहले बताए ।

ओखलढुंगाको मोलुङ गाउँपालिका-२ टेकनपुरबाट धरान नगरपालिका-१५ बसाइँ सरेका पत्रकार राई नेपाल पत्रकार संघ हङकङका अध्यक्ष पनि हुन् । उनको सम्पादकत्वमा दुई दशकदेखि हङकङबाट एभरेष्ट साप्ताहिक प्रकाशन हुँदैआएको छ ।

पत्रकार राई’को ल’डे’र मृ’त्यु भएको विषयमा प्रहरीचौकी दोर्पाचिउरीडाँडालाई बेलुका ७ बजे खबर पुगेको थियो ।

त्यसपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक शाहको नेतृत्वमा खटिएका प्रहरीले राति २ बजे शव जिल्ला अस्पताल पुर्‍याएको थियो । राईलाई अस्पताल’मा मृ’त अव’स्था’मा ल्याइए’को मेडिकल सुपरिटेण्डेण्ट डा. वैभव मल्लिकले पुष्टि गरेका छन् ।

धरानबाट आफन्त आएपछि पो’ष्ट’मार्टम ग’रेर श’व जिम्मा दिने तयारी गरिएको प्रहरी निरीक्षक शाह’ले बताए । पत्रकार राईसँग स’शस्त्र प्रहरीका पूर्व एसपी प्रेम श्रेष्ठ पनि थिए ।

उनीहरू घुमफिरका क्रममा भोजपुरतर्फ हिँडेको बताइएको छ । जनजाति महासंघ हङकङका अध्यक्ष रहेका राई किरात राई यायोक्खा हङकङका संस्थापक अध्यक्ष पनि हुन् ।Shidha Online

 


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

साताको लोकप्रिय

प्रभु बैंकले कोरोना प्रभावितलाई ५ प्रतिशतमा कर्जा दिने

प्रकाशित मिती : २०७७ अषोज ६ गते , मंगलबार

कोरोना संक्रमीत घट्दो क्रम मृत्यु दर पनि कम

प्रकाशित मिती : २०७८ जेठ २ गते , आइतबार

कोरोनाको खोप लगाउन जादा केके कुरामा ध्यान दिने

प्रकाशित मिती : २०७८ जेठ २५ गते , मंगलबार

सिफारिस

प्रहरी प्रशासन गाजा फडानी गर्दै

प्रकाशित मिती : २०७७ अषोज १७ गते , शनिबार

सन्दीप लामिछानेले हुरिकेन्सबाटै बिग बास लिग खेल्ने

प्रकाशित मिती : २०७८ भाद्र १० गते , बिहिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: