. हराएको ५२ वर्षपछि माइलो बुबालाई घर ल्याउन पाउँदा शेरबहादुर दंग::Online News
कात्तिक ८, २०७८ सोमबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ अषोज २१ गते , बिहिबार

हराएको ५२ वर्षपछि माइलो बुबालाई घर ल्याउन पाउँदा शेरबहादुर दंग


काठमाडौं 

५२ वर्षअघि युवा अवस्थामा घरबाट निस्किएका बेनी नगरपालिका–४ थामडाँडाका गंगाबहादुर गुरुङलाई आफन्तले जीवितै भेटिने आस राखेका थिएनन् । घरबाट हराएपछि तत्कालीन समयमा थाहा पाएसम्मको ठाउँमा खोजी गरेर थाकेपछि परिवारले उनको आस नै मारेको थियो । तर, घर छाडेर हराएको ५२ वर्षपछि गुरुङ भेटिएका छन् । ७५ वर्षको उमेर पार गर्दै गर्दा उनको पारिवारिक पुनर्मिलनसमेत भएको छ ।

००३ मा जन्मिएका उनी ०२३ मा घरपरिवारको सम्पर्कबाट हराएका थिए । सडक खन्ने काम गर्दागर्दै हराएको करिब चार वर्षपछि उनी कैलालीको चुरे गाउँपालिका–३ मस्यगाउँमा पुगेका थिए । स्थानीय युवा पूर्णनन्द पाण्डेले सामाजिक सञ्जालमा गुरुङको तस्बिरसहित बागलुङ, बेनी, तातोपानीको नाम लिने उनी आफ्नो पुख्र्यौली थलो फर्कन चाहेको सन्देश राखेपछि नेपाल रेडक्रस सोसाइटी म्याग्दीले गुरुङको खोजी सुरु गरेको थियो ।

रेडक्रसअन्तर्गत रहेको खोज तथा उद्धार सेवा केन्द्रले गुरुङको अवस्था र जिल्लामा सम्भावित आफन्तबारे खोजी गरेको थियो । सो क्रममा थामडाँडाबाट वर्षौंदेखि आफन्त हराएका परिवार सम्पर्कमा आएपछि गुरुङ र उहाँका आफन्तबीच टेलिफोनमा संवाद गराएर यकिन गरिएको नेपाल रेडक्रस सोसाइटी म्याग्दीका सभापति लेखबहादुर हमालले बताए । आफन्तले झन्डै ६० वटा प्रश्नमार्फत आफन्तको नाम, तत्कालीन गाउँको अवस्था आदिबारे सोधेका प्रश्नमा उनले जवाफ फर्काए यकिन भएको हमालले बताए ।

कैलालीमा स्थानीय एक व्यक्तिको सहारामा एक्लै बसोबास गर्दै आएका गुरुङ थामडाँडाका बलवीर गुरुङका माइला छोरा रहेको पुष्टि भएपछि रेडक्रस म्याग्दीको समन्वयमा उनका भाइका परिवारसँग मंगलबार पुनर्मिलन भएको छ । गुरुङका भाइका छोरा शेरबहादुर र छोरी विष्णु गुरुङले रेडक्रस म्याग्दीको समन्वयमा कैलालीमै पुगेर आफ्ना माइलो बुबालाई आफ्नो घरमा ल्याएका छन् ।

रेडक्रस म्याग्दीको कार्यालयमा औपचारिक रूपमा गुरुङको पारिवारिक पुनर्मिलन गराइएको थियो । ‘पचास वर्षभन्दा बढी समयदेखि परिवारबाट हराएका व्यक्तिलाई आफन्तको जिम्मा लगाइएको छ, घरबाट हराएर दूरदराजमा पुगे पनि बुढेसकालमा गुरुङले आफ्नो जन्मघर र आफन्तलाई पाउनु उपलब्धिमूलक हो,’ हमालले भने । उनका अनुसार बेनीदेखि कैलालीसम्म पुगेर गुरुङको उद्धारका लागि आवश्यक यातायातको सबै खर्च रेडक्रसले व्यहोरेको छ ।,याे समाचार नयाँ पत्रिका दैनिकमा छापिएकाे छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

५३ किलो गाँजा सहित एक जना पक्राउ

प्रकाशित मिती : २०७८ कात्तिक ८ गते , सोमबार

बस दुर्घटनामा दुई जनाको ज्यान गएको छ ,६३ घाइते

प्रकाशित मिती : २०७८ कात्तिक ८ गते , सोमबार

ह्दयविदारक तस्बिरहरुमा एउटा साहाराविहीन सानो बाँदरको बच्चा

प्रकाशित मिती : २०७८ कात्तिक ८ गते , सोमबार

पहिरोले मुहान बिगारेपछि खानेपानीको हाहाकार

प्रकाशित मिती : २०७८ कात्तिक ७ गते , आइतबार

स्कुटी दुर्घटनाबाट चालकको मृत्यु

प्रकाशित मिती : २०७८ कात्तिक ६ गते , शनिबार

साताको लोकप्रिय

हतुवागढिका -४ का वडाअध्यक्ष ले बिज्ञपति सहित माफी मागेका छन

प्रकाशित मिती : २०७८ जेठ १८ गते , मंगलबार

प्रहरी चौकी भित्रै प्रहरीमाथी खुकुरी प्रहार

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

बोक्सिको आरोपमा एक महिलामाथी निर्घात कुटपिट

प्रकाशित मिती : २०७७ अषोज ४ गते , आइतबार

लकडाउनको बारेमा स्पष्ट स्वास्थ मन्त्रालयको जानकारि

प्रकाशित मिती : २०७७ अषोज ८ गते , बिहिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: