. नवनिर्मित प्रहरी चौकी प्याउली भोजपुरको भवन उद्घाटन::Online News
मंसिर १२, २०७८ आइतबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ कात्तिक १७ गते , बुधबार

नवनिर्मित प्रहरी चौकी प्याउली भोजपुरको भवन उद्घाटन


 

भोजपुर, २०७८ कार्तिक १७ गते ।

जिल्ला प्रहरी कार्यालय भोजपुर मातहतमा रहेको प्रहरी चौकी प्याउलीको नवनिर्मित कार्यालय भवनको समुद्घाटन भएको छ । चौकीको हाता भित्र आज बिहान भएको एक कार्यक्रमका बिच १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बि.सी.ले उक्त नवनिर्मीत साढे २ तले ८ कोठा भएको प्रहरी चौकी भवनको बिधिवत रुपमा उद्घाटन गर्नु भएको हो । १ नम्बर प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट विनियोजित १ करोड ४९ लाख १९ हजार ३ सय ८५ रुपैयाँको लागतमा प्रहरी चौकी प्याउलीको कार्यालय भवन, ब्यारेक तथा भान्साघरको निर्माण सम्पन्न भएको हो ।
भवनको उद्घाटन तथा निरीक्षण पश्चात कार्यक्रममा बोल्नुहुँदै प्रहरी नायव महानिरीक्षक बि.सी.ले गाँस बासको उचित ब्यवस्था भएसंगै प्रहरी कर्मचारीमा काम गर्ने थप हौसला मिल्ने बताउनु भयो । वहाँले सुन्दर भवनमा बस्ने प्रहरी कर्मचारहरुले जनमैत्री प्रहरी सेवा प्रदान गर्नेमा आफु बिश्वस्त रहेको बताउँदै कानूनको परिधीमा रही जन चाहना बमोजिमको प्रहरी सेवा प्रदान गर्न प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिनु भयो । कार्यक्रममा प्रमुख अतिथी प्रहरी नायव महानिरीक्षक बि.सी.ले भवन निर्माणमा उल्लेखनिय भुमिका निर्वाह गर्नुहुने ब्यक्तित्वहरुलाई प्रशंसा पत्रले सम्मान समेत गर्नु भएको थियो ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

साताको लोकप्रिय

ह्वात्तै घट्यो सुनको मुल्य

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

असोज १ गते बाट सार्बजनिक बस सन्चालन

प्रकाशित मिती : २०७७ भाद्र २३ गते , मंगलबार

जनतालाई कोरोनाको खोपको खाली शिसी र हावा मात्र (कोरोना कथा)

प्रकाशित मिती : २०७८ जेठ २१ गते , शुक्रबार

सिङ्गो गाउँनै जोखिममा दुई दर्जनभन्दा बढी घर भत्कियो

प्रकाशित मिती : २०७७ अषोज ११ गते , आइतबार

सिफारिस

भोजपुरको गोगनेमा सामुदायिक स्तरमै फैलियो कोरोना

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

दिदिले गरिन भाईको हत्या

प्रकाशित मिती : २०७८ असार २४ गते , बिहिबार

भोजपुरमा एक घरमा आगलागी ,आगलागी बाट करिब ४० लाख बराबरको क्षति

प्रकाशित मिती : २०७७ फागुण २८ गते , शुक्रबार

कोरोना संक्रमीत घट्दो क्रम मृत्यु दर पनि कम

प्रकाशित मिती : २०७८ जेठ २ गते , आइतबार

भोजपुरमा शिक्षक र कर्मचारी द्वारा नगरसभा अबरुद्ध

प्रकाशित मिती : २०७८ असार ११ गते , शुक्रबार

हाम्रो टिम

सम्पर्क

Follow us at: