April 10, 2021
भागरथी हत्या प्रकरणमा आरोपित दिनेशले बयान फेरे ,गाउँपालिकाको एक प्राबिधिक कर्मचारी माथी लगाए आरोप

भागरथी हत्या प्रकरणमा आरोपित दिनेशले बयान फेरे ,गाउँपालिकाको एक प्राबिधिक कर्मचारी माथी लगाए आरोप

चैत -०८
बैतडी भागरथि हत्याको अभियुक्त दिनेश भट्ट यतिबेला दीपायल स्थित बाल सुधार गृहमा छन । प्रहरीले भागरथिको बलात्कार पछि हत्या गरिएको आरोपमा अनुसंधानको आधारमा पुर्पक्षका आधारमा सुधारगृह राखिएको हो । तर,सुधार गृहमा राखिएको दिनेशले यश अघिको बयान फेरेका छन ।

आरोपित दिनेशले आफ्नो दिदी सम्मानकि भागरथिलाइ बलात्कार पछि हत्या नगरेको भन्दै आफन्त हरुले भनेका छन । आफन्तहरुको सम्पर्क पछि उनले हत्या अस्वीकार गरेका छन । भागरथिको हत्या प्रकरणमा अर्कै ब्याक्तीको हात रहेको स्थानीयको दाबी छ । उनिहरु आज यसबारे पत्रकार सम्बेलन गर्दै यश बारे बृहत जानकारी गराउने भएका छन । आरोपित दिनेशले डर र धम्कीको आधारमा अपराध स्वीकार गरेको बताएका छन ।

घटनामा दोहडा कोदार गाउँपालिकाको प्राबिधिक कर्मचारीको सम्लनता बिषय उठे पछी भागरथी हत्या अनुसंधानबारे प्रश्न तेर्साएको छ ।अभियुक्त दिनेशले उनको नाम किटेको बताइएको छ । तर घटनाम सम्लन्ता भएका अभियुक्त दिनेश बारे पत्तालगाउने पाँच प्रहरी पुरस्कृत भइ सकेका छन भने केहिको बढुवा समेत भएको छ ।

यश अघि प्रहरी श्रोतका अनुसार बलात्कार गर्ने योजना पहिलानै बनाएका थिए । उनी डेढ घन्टा अगाडि बिध्यालय बाट निस्केर जङ्गलमा कुरेर बसेका थिए । योजना बद्द तरिकाले दिनेशले बलात्कार गरेका थिए । उनले बाटोमा भागरथिलाइ समातेको र प्रतिकारको क्रममा दुबै पक्ष बिछ झडप भएको थियो । त्यस पछि झाडिमा लडाउदै बलात्कार गरेको प्रहरिले श्रोतले बताएको छ । घटना बारे भागरथीले भन्ने डरले हत्या गरेको बयान दिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *