April 10, 2021
फेरि होला त ? लकडाउन के भन्छन विशेषज्ञ

फेरि होला त ? लकडाउन के भन्छन विशेषज्ञ

कोरोना भाइरस रोगथाम तथा नियन्त्रण गर्न लकडाउन गरिएको ठिक एक बर्ष पूरा भएको छ । सरकारले ठिक एक बर्ष अगाडी चैत ११ गते देखि लकडाउन गरेको थियो । तर फेरि केहिमहिना देखि यता कोरोना भाइरसको संक्रमण दर निक्कै कम भएकाले यातायात, सिमा नाका खुल्ला, बजार ,बिध्यालय ,संघ सस्था हरु सबै क्षेत्र खुल्ला गरिएको थियो ।

बिगतका केहि दिन देखि यता छिमेकी राष्ट भारतमा कोरोनाको संक्रमण दर तृब्र फैलिन थाले पछि नेपालमा ,सिमा नाका मा कडाइ नहुदा निक्कै भयावह रुपमा कोभिड १९ फैलन सक्ने बिज्ञहरुको सुझाब छ ।

शुक्रराज ट्रफिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा. सागरराज भण्डारी गत बर्ष झै लकडाउनको घोषणा गर्नु त्रुटिपूर्ण बताउछन । कार्यलय ,बिध्यालय ,संघसस्था ,सार्बजनिक साधनलाइ सिफ्ट अनुसार सञ्चालन गर्नु पछ । सबै नागरिकले आफ्नो कर्तव्य सम्झेर स्वास्थ मापदण्ड पालना गर्नु पर्छ । उनका अनुसार नया संक्रमित मात्र हैन । खोप लगाएका ब्याक्तिमा पनि पुनः संक्रमण देखिएको छ । खोप लगाउदैमा शत प्रतिशत सुरक्षीत भन्ने हुदैन । संक्रमण हुने र सर्ने संभावना कायम नै रहन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *