April 10, 2021
भोजपुरमा १ अर्ब ७२ करोडको लगानीमा  उत्पादन भएको ८ मेगावाट विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिदै

भोजपुरमा १ अर्ब ७२ करोडको लगानीमा उत्पादन भएको ८ मेगावाट विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिदै

भोजपुर चैत २०।प्रदेश नम्बर १ को पहाडी जिल्ला भोजपुरमा रहेको पिखुवा खोला बाट ८ मेगावट जलविद्युत उत्पादन सुरु भएको छ ।

टक्सार पिखुवा खोला जलविद्युत आयोजनाको काम अंतिमा पुगे संगै उत्पादन सुरु भएको छ । जलविद्युत आयोजनाको निर्माण कार्य सकिए संगै नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनमा जोडिएको आयोजनाका प्रमुख सुजन पौडेलले जानकारी दिनु भयो । उक्त आयोजना बाट अहिले परिक्षणको काम भइ रहेको बताउनु भयो ।

नेपाल विद्युत प्राधिकरण सहितको टोलिले आयोजनाको विद्युतिय उपकरण परिक्षणका साथै अनुगमन गरेपछी आयोजना बाट उत्पादन भएको राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । करिब १ अर्ब ७२ करोडको लगानिमा बनेको आयोजना साढे २ बर्ष भित्रमा आयोजना सम्पन्न भइ सञ्चालनमा आएको हो । आयोजनाको कुल लागत ७० प्रतिशत बैंकको ऋण ३० प्रतिशत स्व लगानी अबको एक साता पछि विद्युतको ब्यापारी उत्पादन सुरुहुने आयोजनाले जनाएको छ ।

यो भन्दा अगाडिनै आयोजनाको निर्माण कार्य सकिएर सञ्चालन आउने भए पनि कोरोना महामारीको कारण ढिला भएको आयोनाका प्रमुख पौडेलले जानकारी दिनु भयो । आयोजनाको दुरि साढे ७ किलोमिटर भोनपा ०९ पानीट्याङकिमा रहेको नेपाल विद्युत प्राधिकरण सब स्टेसनमा जोडिएको छ । सब स्टेसन सम्म आवश्यक प्रसारण लाइन आयोजना कम्पनी निर्माण आफैले गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *