April 10, 2021
भोजपुरमा निर्माण भइ रहेको रंगशाला निर्माण काम ८५ प्रतिशत सप्पन्न

भोजपुरमा निर्माण भइ रहेको रंगशाला निर्माण काम ८५ प्रतिशत सप्पन्न

भोजपुर चैत २२
भोजपुरको कोदारमा रहेको शहरी बिकास तथा भवन निर्माण कार्यलय धनकुटाको रु १४ करोड ५ लाख गत मंसिरमा निर्माण सुरु गरिएको हो । प्रदेश १ सरकारको प्राथमिकता रहेको भोजपुर रंगशाला निर्माणको काम ८५ प्रतिशतले सप्पन्न भएको छ ।

आगामी बर्ष २०८० साल सम्म निर्माण अबधि भएपनी सरकारले समयमै बजेट दिएमा सम्झौता अघिनै काम सम्पन्न गर्ने निर्माण कम्पनी रायमाझी ,मार्सेली जेभिले जिकिर गरेको छ । कम्पनीका प्रमुख श्याम श्रेष्ठले भने ,“ हाम सम्म रंगशालाको ८५ प्रतिशत काम सप्पन्न भएको छ ।,सरकारले समयमै बजेट पठाउनसक्यो भने चालू आर्थिक बर्षमा काम सप्पन्न गर्छौं । ´´

हाल सम्म कार्यलय भवन ,फाउन्डेसन लगाउने लगाएत स्टचरको काम अन्तिम चरणमा पुगेको छ भने प्यारापिट बनाउने रिटेनिङवाल लगाउने काम भइ रहेको निर्माण कम्पनीले जनाएको छ । यस्तै खेलमैदानमा दुबो लगाउने काम पनि भइ रहेको छ ।

करिब २५ रोपनी क्षेत्रमा निर्माण भइरहेको ७ हजार बर्गमिटरको रंगशालामा ५ हजार मानिस अट्न सक्ने गरि सात प्यारापिट निर्माण हुने शहरी बिकास तथा भवन निर्माण कार्यलयले जनाएको छ । निर्माण भइ रहेको रंगशालाको शुक्रवार मुख्यमन्त्री शेरधन राइले समेत स्थलगत अनुगमन गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *